रियलमीका सी–२५ वाई स्मार्टफोन बजारमा

पुस १९ । रियलमीले ५० एमपीए–आई ट्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी–२५ वाई सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ ।

सी–२५ वाईमा १८ वाटको छिटो चार्जिङ हुने ५००० एमएएचको ब्याट्री, फिङ्गर प्रिन्ट, सेन्सर सहितको शक्तिशाली यूनिसोक टी-६१० प्रोसेसर र ६.५ इन्चको डिस्प्ले छ ।

यसको क्यामेरामा ए–आई ब्यूटी मोड फङ्सन, एचडीआर मोड, प्यानारोमिक भ्यू मोड, पोट्रेट मोड, टाइम ल्याप्स फङ्सन, एक्सपर्ट मोड लगायत विशेषता रहेको कम्पनीले जनाएको छ । यसमा ए–ब्यूटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा छ ।

सी–२५ वाई सिरिजका स्मार्टफोनमा दुई वटा नानो–सिम प्रयोग गर्न मिल्छ । यसमा २५६ जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड स्लट पनि छ ।

रियलमी सी–२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रङमा उपलब्ध छ । यसको चार जीबी र्‍याम र १२८ जीबी र्‍याम स्टोरेज भेरियन्टको मूल्य रु.२० हजार ४४९ तोकिएको छ ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.