चितवन सेरोफेरो

रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले संगठनको ३४औं स्थापना दिबसको अबसरमा प्रथम रत्ननगर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो । टिकौली चौरमा हुने सो प्रतियोगिताको पुरस्कार रासी २ लाख २२ हजार २२२ रहेको राष्ट्रिय युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमलाई १ लाख ११ हजार १११ पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय युवा संघको स्थापना दिबसको अबसर पारेर पूर्वी चितवनमै पहिलो पटक सबैभन्दा ठुलो पुरस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पन्तले…
Read More
कोरियामा अध्ययन गर्न चाहने विधार्थीका लागी गोल्डेन इमिनेन्टले सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने

कोरियामा अध्ययन गर्न चाहने विधार्थीका लागी गोल्डेन इमिनेन्टले सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने

चितवन – गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीका लागि गोल्डेन अफर ल्याएको छ । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्टले विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्तिसहित गोल्डेन अफर ल्याएको हो । नेपालबाट दक्षिण कोरियाको किङसुङ विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई गोल्डेन इमिनेन्टले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चितवनको गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सी र विश्वविद्यालयसँग भएको सम्झौता अनुसार दुई वटा कोर्षमा दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति पाउने भएका हुन् । साथै, यो विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई न्युनतम ३० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था मिलाएको गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले बताए । ‘हामीले दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालयसँग नेपालबाट विद्यार्थी पठाउनका लागि सम्झौता…
Read More
निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले रास्वपाका अध्यक्ष लामिछानेलाई सोध्यो स्पष्टीकरण

हिजो सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली काँग्रेस चितवनले लामिछाने सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टिकरण सोधिएको र आज त्यसको जवाफ आउने बताउनुभयो । निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र…
Read More
चितवन–२ को मतगणनास्थलमा जिल्लाका सिडिओ नजाने

चितवन–२ को मतगणनास्थलमा जिल्लाका सिडिओ नजाने

चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने हुनुभएको छ । सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो । आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेसका चितवन सभापति राजेश्वर खनालले सिडिओ पौडेल मतगणना स्थलमा आउन नहुने बताउनुभएको थियो । यसैबीच सो क्षेत्रको उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।
Read More
भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः  सुरु

भरतपुरको कृष्णपुर माविमा नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुरु

भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुरमा रोकिएको मतदान पुनः सुरु भएको छ । मतदान स्थल बाहिर नाराबाजी भएपछि केहि बेर रोकिएको मतदान पुनः सुचारु भएको मतदान अधिकृत रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । आचारसंहिता उल्लघंनकर्तालाई आयोगले नै कारबाही गर्ने सहमति भएपछि मतदान पुनः सुरु भएको श्रेष्ठको भनाई छ ।
Read More
चितवनको नयाँकिरण माविमा मतदान  रोकियो , सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी

चितवनको नयाँकिरण माविमा मतदान रोकियो , सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मध्याह्नबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेकोले चाँड पुनः मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् । सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँको भनाई…
Read More
रास्वपाका सभापति लामिछानेका कार्यकर्ताले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि प्रहरीले लियो नियन्त्रणमा

रास्वपाका सभापति लामिछानेका कार्यकर्ताले बुथ कब्जा गर्न खोजे, भाँडभैलो मच्चाएपछि प्रहरीले लियो नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उम्मेदवार रवि लामिछानेका समर्थक र कार्यकर्ताहरूले मतदान स्थलमा भाँडभैलो मच्चाउने प्रयास गरेका छन् । लामिछानेका कार्यकर्ताले भाँडभैलो र होहल्ला गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भाँडभैलो गर्न खोज्ने कार्यकर्ताहरूलाई लखेटेको छ । स्थानीयले लामिछानेका समर्थक गुण्डाहरूले बुथ कब्जा गर्न खोजेको भन्दै आक्रोश पोखेका छन् । लामिछानेको क्रेज पहिलाभन्दा घटेकाले लामिछाने पराजित हुने हो कि भनेर उहाँका समर्थक र गुण्डाहरूले बुथ कब्जाको प्रयास गरेको आरोप छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा रास्वपाका कार्यकर्ताले केहीबेर तनाव उत्पन्न गरेका थिए । लामिछानेका समर्थकहरूले निर्वाचन आचारसंहिता विपरित नाराबाजी गरेपछि तनाव सिर्जना…
Read More
आचारसंहिता नमान्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

आचारसंहिता नमान्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनेको छ । यही वैशाख १० गते पर्सी आइतबार तनहुँ क्षेत्र नं.१, चितवन क्षेत्र नं. २ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिनभन्दा ४८ घन्टा अघि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ । उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न,…
Read More
सेन्ट्रल कलेजको भवन बनाउन एसवन बिल्डर्ससंग सम्झौता

सेन्ट्रल कलेजको भवन बनाउन एसवन बिल्डर्ससंग सम्झौता

वैदेशिक शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले अब आफ्नै भवन बनाउने भएको छ । कलेजको नारायणगढ लायन्सचोकस्थित आफ्नै जग्गामा करिब १० करोड लागतमा बन्न लागेको भवन अन्डर ग्राउण्ड पार्किङ र लिफ्टसहित आठ तलाको हुनेछ । व्यवसायीक प्रयोजनका लागि बनाउन लागिएको उक्त भवन निर्माणको लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्ससंग सम्झौता भएको सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेलले जानकारी दिनुभयो । कलेजले लामो समयदेखि जापान,अस्ट्रेलिया, क्यानडा, युरोप, साउथ कोरिया लगायत अन्य देशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको उहाँले बताउनुभयो । विगत पाँच वर्षदेखि विभिन्न आवास तथा व्यापारिक भवन निर्माण क्षेत्रमा अग्रसर…
Read More
पर्यटकको रोजाइमा चितवनको जलविरे झरना

पर्यटकको रोजाइमा चितवनको जलविरे झरना

चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेको उहाँको भनाई छ । शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.