सेन्ट्रल कलेजको भवन बनाउन एसवन बिल्डर्ससंग सम्झौता

वैदेशिक शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आइरहेको सेन्ट्रल कलेज अफ भोकेसनल प्रालिले अब आफ्नै भवन बनाउने भएको छ । कलेजको नारायणगढ लायन्सचोकस्थित आफ्नै जग्गामा करिब १० करोड लागतमा बन्न लागेको भवन अन्डर ग्राउण्ड पार्किङ र लिफ्टसहित आठ तलाको हुनेछ ।
व्यवसायीक प्रयोजनका लागि बनाउन लागिएको उक्त भवन निर्माणको लागि निर्माण कम्पनि एसवन बिल्डर्स एण्ड सप्लायर्ससंग सम्झौता भएको सेन्ट्रल कलेजका प्रिन्सिपल तथा सञ्चालक यज्ञविलास पौडेलले जानकारी दिनुभयो । कलेजले लामो समयदेखि जापान,अस्ट्रेलिया, क्यानडा, युरोप, साउथ कोरिया लगायत अन्य देशमा पढ्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको उहाँले बताउनुभयो ।

विगत पाँच वर्षदेखि विभिन्न आवास तथा व्यापारिक भवन निर्माण क्षेत्रमा अग्रसर रहेर अविच्छिन्न रुपमा निर्माण कार्य गर्दै आईरहेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले सेन्ट्रल कलेजको भरतपुर–२ लायन्सचोक स्थित जग्गामा हिजो (बिहीबार)देखि भवन निर्माण थालेको छ ।
बहुउद्धेश्यिय कम्पनी एसवन बिल्डर्स एण्ड सप्लायर्सले हाल नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रका साथै विभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले बताउनुभयो । साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभवि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिने गरेको उहाँले बताउनुभयो ।
चितवन, नवलपरासी तथा पोखरामा कार्यालय सञ्चालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्यका साथ कम्पनीले अघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.