चितवन सेरोफेरो

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवनबाट विस्तार हुँदै चैते धानखेती

चितवन जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएकोमा यसवर्ष सात हजार आठ सय हेक्टर पुगेको हो । जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा छ हजार चार सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा एक हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लामा…
Read More
चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

चितवनको राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम सुरू

पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको भन्दै उहाँले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिनुभयो । राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले…
Read More
गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

गैंडाकोटका मेयरले गरे पत्रकार आचार्यमाथि दुव्र्यवहार, पत्रकार महासंघद्वारा निन्दा

ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) लाई नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कार्यकक्षममै दुव्र्यवहार गर्नुभएको छ । नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजन (सिधा कुरा प्रयोजन)का रिर्पोटिङ्गमा पुग्नुभएका आचार्यमाथि मेयरले कार्यकक्षमै दुव्र्यवहार गर्नुभएको हो । आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै आफुमाथि भएको दुव्र्यवहार खुलाउनुभएको हो । मेयरले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी…
Read More
चितवनको राप्ती नदीमा डुबेर भरतपुरका न्यौपानेको मृत्यु

चितवनको राप्ती नदीमा डुबेर भरतपुरका न्यौपानेको मृत्यु

पूर्वी चितवनको रत्ननगर नगरपािलका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । घटनाका बारेमा इलाका प्रहरी कार्यालयको टोलीले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । शवपरीक्षणका लागि भरतपुर अस्पताल लगिएको उहाँको भनाई छ ।
Read More
आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज प्रणय दिवस ः प्रणय दिवस मनाउने उत्कृष्ट थलो बन्यो चितवनको सौराहा

आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार, साथीभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम, सद्भाव साटासाट गर्ने प्रचलन रहि आएको छ । विशेषगरी, यो दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदानप्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमीप्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिन्छ । प्रेमका पक्षधर सन्तभ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन…
Read More
नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी कोटिहोम महायज्ञमा भक्तजनको भीड

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा हिजो सोमबार भक्तजनको सर्वाधिक सहभागीता देखिएको छ । हिजो सोमबार सार्वजनिक बिदा र नारायणगढ बजार समेत बन्द रहेकाले महायज्ञमा भक्तजनको भीड अहिलेसम्मकै धेरै भएको हो । महायज्ञ आज २०औँ दिनमा आइपुगेको छ । महायज्ञमा हिजो सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व मन्त्रीसमेत रहनुभएका भण्डारी कांग्रेसभित्र हिन्दु धर्मको संरक्षण र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने पक्षका नेता हुनुहुन्छ । उहाँले नदी किनारमा भएको धार्मिक अनुष्ठानले सनातन धर्म संस्कृतिको रक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, महायज्ञको अवलोकन तथा दर्शन गर्न योगी पिताम्बर र आमन्त्रित कथावाचक…
Read More
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै गएको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण पनि थपिँदै गएका छन् ।सोही कारण उक्त अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । एकैवर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट उक्र अस्पतालमा बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम…
Read More
चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता

चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता

चितवन–२ मा अब आउँदो वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेको तालिका अनुसार आज फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ । त्यस्तै अब आउँदो चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । त्यसको भोलिपल्ट अर्थात चैत २१ ग्ते उम्मेदवारको मनोनयन माथी बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ ।…
Read More
चितवनको सौराहामा हिजोदेखि फुड फेस्टिबल सुरु

चितवनको सौराहामा हिजोदेखि फुड फेस्टिबल सुरु

चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक भित्र्याउन हिजो आइतबार देखि फूड फेस्टिबल सुरु भएको छ । प्रणय दिबसको अबसर पारेर रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले फेस्टिबल आयोजना गरेको हो । प्रणय दिबस मनाउन आन्तरिक पर्यटकहरु सौराहामा जान थालिसकेका छन् । सौराहाका अधिकांस होटलहरु भरिएका छन् । भोली अर्थात् फागुन २ गते पर्ने प्रणय दिबसमा सौराहामा पर्यटकहरु खचाखच हुन्छन् । अघिकाँस होटल बुकिङ भइसकेका छन् । सौराहामा विदेशी पर्यटकको संख्या पनि उत्तिकै छ । गन्तव्य घुम्न आएका विदेशी पर्यटकहरुले सौराहामै प्रणय दिबस मनाउछन् । सौराहा अहिले आन्तरिक पर्यटकले भरिएको छ । हिजो आइतबार मात्र सौराहामा दुईहजार पर्यटक भित्रिएको फेस्टिबलका संयोजक ध्रुव…
Read More
चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग

चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)सँग चितवनमा निर्वाचन छिटो हुनुपर्ने माग गर्नुभएको हो । उक्त जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पार्नुभएको थियो । चितवन २ बाट गत मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित हुनुभएको थियो ।उहाँको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उहाँको पद खारेज गरिदिएको थियो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.