चितवन–२ मा अब आउँदो वैशाख १० गते हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैवाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आज देखी नै काम सुरु गरेको हो ।
आयोगले सार्बजनिक गरेको तालिका अनुसार आज फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ । त्यस्तै अब आउँदो चैत २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।
त्यसको भोलिपल्ट अर्थात चैत २१ ग्ते उम्मेदवारको मनोनयन माथी बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार अब आउँदो चैत २२ गते उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गरिनेछ ।
उम्मेदवारको नामावली सार्बजनिक गरेको भोलिपल्ट अर्थात चैत २३ गते मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
गत साता सर्वोच्च अदालतको सबैंधानिक इजालासले सो क्षेत्रवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उहाँको सांसद पद खारेज गरिदिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले हिजो सो क्षेत्रमा अब आउँदो बैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उहाँको सांसद पद खारेज गरिदिएको थियो ।
आज बिहान मात्रै सरकारवाट बाहिरिएको तथा सरकारलाई समर्थन भने कायमै राखेको रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरु संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै सात घन्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्वजनिक गरेको हो ।
चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन आजैवाट काम सुरु, चैत २० गते उम्मेदवारी दर्ता