चितवन सेरोफेरो

चितवनमा कालिरह भीरबाट लडेर जीत बहादुर चेपाङको मृत्यु

चितवनमा कालिरह भीरबाट लडेर जीत बहादुर चेपाङको मृत्यु

चितवनको इच्छाकामना २ काउलेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराती तल्लो काउलेबाट आफ्नो घर कटारी तर्फ जादैँ गर्दा कालिरह भीरबाट लडेर ३१ बर्षिय जीत बहादुर चेपाङको मृत्यु भएको हो । हिजो सोमबार राती ९ बजे तल्लो काउलेबाट कटारी घर जान भनि साथीहरुसंग छुट्टिनुभएका चेपाङ आज बिहान छ बजे कालिरह भीरबाट लडेको अवस्थामा मृत भेटिएको वडा कार्यालयका कर्मचारी दिल रानाले बताउनुभयो ।
Read More
चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवन क्षेत्र नः३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजेपछि हुँदैछ ।
Read More
माघे सङ्क्रान्ति मेलालाई लक्षित  गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्ति मेलाका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा  एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङे गैँडा मृत भेटिएको छ । गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९÷०८० मा मर्ने…
Read More
खैरहनीमा भोलिदेखि खिचरा महोत्सव हुने

खैरहनीमा भोलिदेखि खिचरा महोत्सव हुने

पूर्वी चितवनको खैरहनीमा भोलि बिहीबारदेखि खिचरा महोत्सव हुने भएको छ । थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो । यही पुस २८ देखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुने छ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारू जातिको रहनसहन र वेशभूषाका साथै खानाका परिकारलाई प्राथमिकता दिइने छ । बसोबास रहेका २५ जिल्लाका थारूको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको बताइएको छ । महोत्सवका लागि प्रवेशद्वार, मञ्च तथा कक्ष निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।महोत्सवबाट यो जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको…
Read More
नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् ।यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो । यसपालिको पक्षी गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिएका हुन् । गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको राज सुड सुडिया नामको पक्षी पनि अहिले भेटिएको जनाइएको छ । गएको वर्ष नदेखिएका विभिन्न प्रजातिका चरा यस वर्षको गणनामा देखा परेका छन् । यसवर्ष जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे…
Read More
नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

नारायणगढ–मुग्लिन सडक खण्डको काम सकिएन अझै, निर्माण कम्पनीले माग्यो थप एक वर्षको समय

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन…
Read More
चितवनमा सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू

चितवनमा सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू

जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने छ । कर्मचारीहरुलाई सेवा प्रवाह प्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गरिएको बताइएको छ । कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गरिएको छ । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा…
Read More
चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु

चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु

चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरको भनाई छ । अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका…
Read More
भरतपुमा श्रीमान् –श्रीमती मृत भेटिए

भरतपुमा श्रीमान् –श्रीमती मृत भेटिए

चितवन । भरतपुर महानगरपालिका–२९ मा श्रीमान् –श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षिय शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ । मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घरमा उनीहरु बीच झैझगडा भैरहने स्थानीयको भनाई छ । प्रेमबहादुर ज्याला मजदुरी गर्थे भने श्रीमती शान्ती गृहणी थिइन् । उनीहरुको एक छोरा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.