नारायणी नदी क्षेत्रमा भेटिए ४३ प्रजातिका चरा

चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् ।यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो ।
यसपालिको पक्षी गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिएका हुन् । गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको राज सुड सुडिया नामको पक्षी पनि अहिले भेटिएको जनाइएको छ ।
गएको वर्ष नदेखिएका विभिन्न प्रजातिका चरा यस वर्षको गणनामा देखा परेका छन् । यसवर्ष जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया लगायतका चार प्रजातिका चरा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गएको वर्ष यी प्रजातिका चरा गणना नभएको बताइएको छ ।

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ती प्रजाति फेला परेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गएको वर्षको तुलनामा यस वर्ष चराको समग्र संख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ ।
यस वर्ष पनि समग्रमा चराको संख्या घटेको पाइएको छ । प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको संख्या घटिरहेको बताइएको छ । साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिएका छन ।
कुनै प्रजातिका चरा गएको वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गएको वर्षको तुलनामा न्यून देखिएको जनाइएको छ । यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् । निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको संख्यामा भने धेरै नै कमी आएको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.