चितवन सेरोफेरो

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सुनचाँदी व्यवसायी महिला समूह चितवनको हिजो सोमबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्ष थापा चयन हुनुभएको हो । थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा भएको छ । समितिमा निवर्तमान अध्यक्ष रूपा बराली पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा कल्पना गोतामे, उपाध्यक्षहरुमा सरिता भट्टराई घताने, यशोदा सेन्चुरी, महासचिवमा सिता सदाशंकर, प्रवक्तामा मिना घिमिरे, सचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा विष्णु खाती, सहकोषाध्यक्षमा जुना सुनार, कार्यसमिति सदस्यहरूमा शारदा बराली, गंगा रामदाम सुनार, रचना सेन्चुरी, मना बराली, जमुना सेन्चुरी, मिना शाक्य, धनु पोखरेल, आशा…
Read More
सौराहालाई बाढीबाट जोगाउन छ करोड बढी लगानीमा आधुनिक ड्याक निर्माण गरिँदै

सौराहालाई बाढीबाट जोगाउन छ करोड बढी लगानीमा आधुनिक ड्याक निर्माण गरिँदै

चितवनको पर्यटकीय नगरी सौराहालाई बाढीबाट जोगाउन आधुनिक ड्याक निर्माणको काम भइरहेको छ । छ करोड ९८ लाखको लगानीमा दुईसय ८० मिटर ड्याक निर्माणको काम सुरु गरिएको हो । निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ भने अबको १५ दिनभित्र बाँकी १५ मिटरको काम सकिने केबीसी बिल्डर्स कम्पनी प्रालिले जनाएको छ । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई जोगाउन आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको बताउनुभएको छ । लम्बाइ थोरै भएपनि राप्तीले कटान गर्ने ठाउँलाई जोगाउने गरी काम गरिएकोले अब कम्तीमा ५० वर्ष सौराहामा बाढी नपस्ने बताइएको छ । हरेक वर्ष असार र साउनमा व्यवसायीहरुको कारूणिक अवस्था…
Read More
पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीले अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले आज शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो । पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरहरुमा २० देखि एकसय मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने…
Read More
दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ वटा बाघ, पाँच वटा गैँडा, छ वटा हात्ती, सात वटा हरिण, तीनवटा निलगाई, तीन वटा मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष…
Read More
यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

भरतपुर महानगरपालिकामा हिजो बिहीबारदेखि यातायात व्यवस्थापनमा नयाँ नियम लागू भएपछि यात्रुहरु दोहोरो भाडाको मारमा परेका छन् । नयाँ नियम लागू भएपछि लोथरतर्फबाट आउने यात्रु भने नारायणगढ पुग्न एउटा गाडीबाट झरेर अर्काे गाडी चढ्नुपर्ने बाध्यताका बीच भाडा पनि दोहोरो तिर्नुपर्ने भएपछि यात्रुहरु मारमा परेका हुन् । यसअघि लोथरतर्फबाट आउने बसले यात्रुलाई नारायणगढसम्मै पु¥याउँथे । नयाँ नियम लागू भएपछि ती बस केन्द्रीय बसपार्कमा रोकिनुपर्ने भएको छ । बिहीबारदेखि टाँडी, पर्सा, भण्डारा र लोथरबाट आएका बसले यात्रुलाई बसपार्क चोकमा झारिदिन सुरू गरे, तर भाडा भने घटाएनन् । पुरानै भाडा लिएर गन्तव्यभन्दा अगाडि नै झारिदिएपछि यात्रुहरु रिसाए । नयाँ नियमले ठेकेदार र ठूलाबडालाई मात्रै…
Read More
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको राजश्व घट्योः मंसिरमा २२ लाख संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको राजश्व घट्योः मंसिरमा २२ लाख संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मंसिर महिनामा २२ लाख रुपैंया बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ०७९÷८० को मंसिर महिनामा २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सो अवधिमा सबै प्रकृतिका गरी दुई हजार चारसय ६३ सवारी साधन कारवाहीमा परेका थिए । कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व संकलन कार,जीपबाट र सबैभन्दा कम राजश्व टेक्टरबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा पाँचसय ७९ वटा कार, जीप कारबाहीबाट पांँच लाख ३६ हजार र एकसय १० वटा टेक्टर कारवाहीबाट एकलाख दुईहजार रुपैंया राजश्व संकलन भएको छ । यस्तै छ सय ४१ वटा मोटरसाइकलबाट पाँचलाख…
Read More
चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने १४औँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । अब आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने चितवन महोत्सव नारायणी नदी किनारमा हुँदैछ । महोत्सवमा ‘मेड इन नेपाल’ मुख्य आकर्षणको रुपमा रहने छ । महोत्सवभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले मेड इन नेपाल एक्स्पो गर्ने भएको छ । एक्स्पोभित्र करिब ५० वटा स्टल रहने नेपाली युवा उद्यमी मञ्च चितवनले जनाएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाको प्रबद्र्धनका लागि महोत्सवभित्र मेड इन नेपाल एक्स्पो गर्न लागिएको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो । एक्स्पोमा नेपालमा उत्पादित जुनसुकै वस्तुहरुको स्टल…
Read More
अरोमा स्कुल अनिश्चितकालका लागि बन्द

अरोमा स्कुल अनिश्चितकालका लागि बन्द

भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित अरोमा इङ्गलिस सेकेण्डरी स्कुल गत मंगलबारदेखि बन्द छ । स्कुलमा तोडफोड भएपछि अनिश्चितकालका लागि स्कुल बन्द भएको हो । छात्रामाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै आन्दोलित विद्यार्थीले स्कुल बस र भवनमा क्षति पु¥याएका हुन् । स्कुलमा ठूलो भौतिक क्षति भएकाले मर्मत गर्ने काम भइरहेको स्कुलका सहायक प्रिन्सिपल नेत्र भुसालले बताउनुभयो । विद्यार्थीले गरेको भौतिक क्षतिको खर्च स्कुल आफैले व्यहोर्ने भएको छ । बन्द रहेको स्कुल सञ्चालनका लागि विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको जनाइएको छ । स्कुल बसलगायत तोडफोड भएका वस्तुको मर्मत गर्ने काम भइरहेको र सकभर भोलिदेखि नभए आउँदो सोमबारदेखि स्कुल सञ्चालन गर्ने तयारी भइरहेको…
Read More
आजदेखि भरतपुरमा हर्न निषेध !

आजदेखि भरतपुरमा हर्न निषेध !

भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापनसमेत गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाको सवारी साधनको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय…
Read More
भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब

भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो । चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ । आज (बुधबार) नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरु अनिता कार्की र दिप शर्माले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.