प्रवास

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

पाकिस्तानमा सैनिक कारबाहीमा १२ आतङ्कवादी मारिए

आतङ्कवादीविरुद्ध पाकिस्तानी सेनाले उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तमा गरेको कारबाहीमा गएराती १२ जना मारिएका छन् । गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित आतङ्ककारी मारिएका राष्ट्रिय सेनाको मिडिया शाखा इन्टरसर्भिसेस पब्लिक रिलेसन (आइएसपीआर) ले बुधकार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कारबाहीका क्रममा आतङ्कारीहरूबाट हतियार, गोलाबारुद र विदेशी मुद्रा पनि बरामद गरिएको छ । कारबाहीस्थल र त्यसको वरपर सुरक्षा बलले खोजतलास जारी राखेको छ । अघिल्लो सातादेखि नै सुरक्षा निकायले उक्त प्रान्तमा आतङ्कवादीका गतिविधिमाथि निरन्तर निगरानी गरेको थियो । अफगानीस्तान र पाकिस्तानको सीमामा सक्रिय पाकिस्तानी तालिवान समूहले सन् २००७ देखि पाकिस्तानमा आतङ्कवादी गतिविधि गरिरहेको छ । विभिन्न इस्लामिक सशस्त्र…
Read More
सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरेसँग चिनियाँ राजदूत छेन सोङको भेट

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा भेटवार्ता भएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय…
Read More
दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

दुईदिने भ्रमणका लागि समान्था पावर काठमाडौंमा

यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहनुभएकी समान्था पावर दुईदिने भ्रमणका लागि आज मंगलबार बिहान नेपाल आइपुग्नुभएको छ । नेपाल आएलगत्तै समान्था भक्तपुर पग्नुभएको छ । अमेरिकी दूतावासका अनुसार उहाँले भोली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ । समान्थाको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ । साथै, उहाँले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो…
Read More
टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

सिरियाको सीमा नजिकै टर्कीमा हिजो सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञको टोली आएर खोज्ने क्रम सुरु भएसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् । वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको बताइएको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा रहेका छन । उक्त ठाउँमा प्रतिबन्धहरुका कारण सहयोगीहरु…
Read More
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको ७९ वर्षको उमेरमा आज आइतबार निधन भएको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा उपचाररत हुनुहुन्थ्यो । सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिनुभएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गर्नुभएको थियो भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गर्नुभएको थियो । १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो । उहाँमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । उहाँमाथि २००७ संविधानलाई निलम्बन सम्बन्धी राष्ट्रद्रोहको मुद्दासमेत रहेको छ । मुसर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आउनुभएको थियो ।
Read More
इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ नेपाली  महिलाको उद्दार

इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ नेपाली महिलाको उद्दार

इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनस्र्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो । उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका १२जना मध्ये २० देखि ३० वर्ष उमेर समूहका दुईजना, ३१ देखि ४० वर्ष उमेर समूहका आठ जना र ४१ भन्दा माथि उमेर समूहका दुईजना रहेको प्रहरीले जनाएको छ । तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट गत मंसिर र पुस महिनामा भारत पु¥याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा…
Read More
इजिप्टको अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्टको अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीनजनाको ज्यान गएको छ । अन्य ३२ जना घाइते भएका छन् । हिजो बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ ।
Read More
परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ । उहाँलाई श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुनेछ ।सो अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि शुक्रबार पौड्याल श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै पर्सि २१ गते श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश…
Read More
जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक

जनवरीमा मात्र भित्रिए ५५ हजार विदेशी पर्यटक

सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन् भने अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बंगलादेशबाट दुई हजार चार सय ६८ पर्यटक नेपाल भित्रिएका छन् । पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।अफ सिजनमा पनि उल्लेख्य संख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उहाँको भनाई छ…
Read More
भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको गयो ज्यान, १२ जना घाइते

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको गयो ज्यान, १२ जना घाइते

भारतको झारखण्डमा गएराति आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । उक्त आगलागीमा परि १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा भएको आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको जनाइएको छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भन्न खुल्न सकेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन । आगलागीको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.