नगरवासीलाई स्वरोजगार बनाउन लागिपरेका छौँ : नगरप्रमुख सापकोटा
रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताएका छन् । रत्ननगर—१ निपनीस्थित होटल स्टारमा आयोजित ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला’कोे उद्घाटन गर्दै उनले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदाताहरुसँग समन्वयगरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको जानकारी दिए । सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने बताउँदै उनले भने, ‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।’ कार्यक्रममा नगर…