तेक्वान्दो खेलाडी दिपक र आयसा अमेरिकामा सम्मानित

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले ओलम्पियन खेलाडी दिपक बिष्ट र साग मेडलिस्ट आयशा शाक्य लाई सम्मान गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त नेपाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दिपक बिष्ट, आयशा शाक्य तथा उहाँका परिवारलाई तेक्वान्दोमा पुर्याएको योगदानको कदर गर्दै बाल्टिमोर मेरिल्याण्डमा एभरेष्ट वर्ल्ड क्लास तेकवान्दोले सम्मान गरेको हो।
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका प्रेसिडेन्ट कुमार कार्की र कल्पना कार्कीको संयोजकत्वमा नेपालका राष्ट्रिय खेलाडीहरुलाई भब्य रुपमा स्वागत तथा सम्मान गरिएको हो।

प्रसिद्ध तेक्वान्दो प्रशिक्षक कार्की ले दिपक र आयशाले देशको नाम बिश्वमाझ चिनाउन सफल भएको र चर्चित खेल जोडी हुनुको साथै इतिहास रच्न सफल जोडि भएकोले उहाहरुलाई सम्मान गर्न पाउँदा आफ्नो टिम अत्यन्त खुसी भएको बताएका छन।

दिपक र आयसा अमेरिका भ्रमण का दौरान अमेरिकाको विभिन्न राज्यहरुमा अवस्थिति नेपाली अनुभवी प्रशिक्षक हरु द्वारा संचालित तेक्वान्दो डोजाङ्गहरुमा भ्रमण गर्दै खेलाडीहरुलाइ मनोबल बढाउने र खेल जगतलाई निरन्तरता दिईरहेका प्रशिक्षक हरु लाई बधाई पनि दिएका छन् । बिष्ट र शाक्यका अनुसार कुमार कार्की र कल्पना कार्की नेपाल को चर्चित खेलाडीका साथै खेलप्रति लगनशील भई देश तथा परदेशमा समेत खेल क्षेत्रमै रहिरहेकाले उहाहरु आदर्श ब्यक्तिको रुपमा समेत रहेको बताएका छन।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.