यू–१७ महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अठ्ठाइस खेलाडी
यू–१७ महिला च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइएको छ । यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि पहिलो चरणमा टोलीकी मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीमा गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा), डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाही), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा), मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा),…