हेडलाईन

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो, पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा आज बिहान सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको छ । सडक चौडा गर्ने क्रममा पुलनजिक सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो । खुलाउने प्रयास भइरहेको र अहिले स–साना गाडीहरू पास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । खाल्डोमा माटो राखेर पुरेर सडक पुनः सञ्चालनमा ल्याइने बताइएको छ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकखण्ड फराकिलो बनाउने काम भइरहेको जनाइएको छ ।
Read More
राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले हस्तान्तरण गर्यो  तीन कट्ठा जग्गा

राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले हस्तान्तरण गर्यो तीन कट्ठा जग्गा

कालिका नगरपालिका वडा नं ९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय लटौलीलाई रोटरी क्लब अफ रत्ननगरले करिब सात लाख ५० हजार मुल्य बराबरको तीन कट्ठा जग्गा प्रदान गरेको छ । सीमान्तकृत चेपाङ समुदायका बालवालिका अध्यायन गर्ने सो विद्यालयलाई भवन निर्माणको लागि जग्गा अभाव भएपछि रोटरी क्लवले जग्गा हस्तान्तरण गरेको हो । क्लवका अध्यक्ष रामहरि लम्सालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष निलकण्ठ मगरलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नुभएको थियो । रोटरी क्लव अफ रत्ननगरले सो विद्यालयलाई विगत १५ बर्ष देखि निरन्तर सहयोग गर्दै आएको छ । सो विद्यालयका ८४ जना विद्यार्थीहरुलाई स्टेशनरी सहित स्कुल पोसाक, चप्पल, जुत्ता, तथा ३० घर परिवारलाई…
Read More
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिनुभयो । यी दुइ स्टेशन करिब रु ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा…
Read More
चितवनमा मिटर व्याजीविरुद्ध परे २२ उजुरी,  १२ उजुरीमाथि अनुसन्धान हुँदै

चितवनमा मिटर व्याजीविरुद्ध परे २२ उजुरी, १२ उजुरीमाथि अनुसन्धान हुँदै

जिल्ला प्रशासन कार्यालय चितवनमा मिटरव्याजीविरुद्ध हालसम्म २२ उजुरी परेका छन् । सरकारले देशभरका मिटरव्याजीविरुद्ध सम्बन्धित प्रशासन कार्यालयमा उजुरी दिन पीडितलाई आह्वान् गरेपछि पीडितले प्रशासनमा उजुरी गरेका हुन् । चितवनमा दर्ता भएका २२ उजुरीमध्ये एउटा उजुरीमा मात्रै निवेदक र विपक्षीबीच मिलापत्र भएको छ । १२ उजुरीमा निवेदक र विपक्षीबीच सहमति तथा मिलापत्र हुन नसकेपछि प्रशासन कार्यालयले ती उजुरी प्रहरी कार्यालयमा पठाएको छ । प्रहरीले उजुरीमाथि अनुसन्धान गरिरहेको छ । प्रशासन कार्यालयले पठाएको उजुरीमाथि आवश्यक प्रमाण संकलन गरेर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मिटरव्याजीका प्रमाण संकलनको काम हुँदै छ । मिटरव्याजीलाई कारबाही गर्न कानुन नै नभएकाले…
Read More
बढ्न थाल्यो अण्डाको मूल्य

बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि हिजो शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुने गरेको र अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य…
Read More
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५१ हजार पाँचसय २२ जनाले पाए १० कित्ता

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५१ हजार पाँचसय २२ जनाले पाए १० कित्ता

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आज आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार पाँचसय २२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि दुईलाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर,…
Read More
प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगर्ने गाडीलाई आजदेखि एक लाख जारिवाना

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगर्ने गाडीलाई आजदेखि एक लाख जारिवाना

वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियो । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच नगरेका गाडीलाई आजदेखि कारबाहीसहित जारिवाना गरिने विभागले जनाएको छ । यसैगरी विभागले प्रदूषण जाँच गरेरमात्रै गाडी चलाउन आग्रह गरेको छ । विभागले गाडीको धुवाँ…
Read More
पुष २८ अघि नै नयाँ सरकार बन्ने

पुष २८ अघि नै नयाँ सरकार बन्ने

प्रतिनिधिसभा निर्वाचनमा चुनिएका जनप्रतिनिधिले अब आउँदो पुस २८ अघि नै नयाँ सरकार बनाउने भएका छन् । चुनावमा एउटै दलले बहुमत प्राप्त गर्न नसकेकाले दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठन हुने भएको हो । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३५ दिनभित्र प्रधानमन्त्रीको नियुक्ति भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, एउटै दलको बहुमत नपुग्ने भएकाले संयुक्त सरकार गठनको गृहकार्य हुनेछ । नतिजा घोषणाको ३० दिनभित्र संयुक्त सरकार गठन भइसक्नुपर्ने व्यवस्था संविधानको धारा ७६ मा छ । त्यतिन्जेल प्रधानमन्त्री नियुक्त हुन नसके सरकार गठनको अर्को विकल्पमा जानुपर्छ । आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेर हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाइसकेको…
Read More
सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

सरकारको आम्दानी भन्दा खर्च बढी, भयो ७८ अर्ब घाटा

चालु आर्थिक वर्ष (आव) २०७९÷८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले तीन खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा चार खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ । सरकारको सोहि हिसाब–किताव अनुसार आम्दानी भन्दा खर्च बढि देखिएको छ । जसमा ८९ अर्ब रुपैयाँ घाटा भइरहेको छ । यहि घाटा दोहोरिदै जाने हो भने सरकारलाई आगामी दिनमास्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३.३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको…
Read More
काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

भरतपुर महानगरपालिकाको आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट डिभिजन वन कार्यालयले काठ लगेपछि सामुदायिक वन समितिले तत्काल उक्त काठ फिर्ता गर्न माग गरेको छ । हिजो बिहीबार भएको पत्रकार सम्मेलनमा वन कार्यालयले पार्क क्षेत्रमा ढिकी, जाँतो, रोटे पिङलगायतका नेपाली मौलिक संरचना निर्माण गर्न हावाहुरीले भाँचेको हाँगाबाट निस्किएको काठ राख्दा डिभिजन वनले लगेको भन्दै त्यसलाई जस्ताको तस्तै फिर्ता गर्न र नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । गत साउनको अन्तिममा वन समितिको बैठकले निर्णय गरेर आवश्यक कानुनी प्रक्रिया पु¥याई आवश्यक प्रयोजनका लागि भनेर राखेको ४८ क्युफिट काठ सांसद्ले भनेको भरमा डिभिजन वन कार्यालयले निकालेर लैजान नमिल्ने सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले बताउनुभयो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.