हेडलाईन

चितवन राष्ट्रिय निकुञ्जभित्र बाटोमा मोटरसाइकल चालकमाथि हात्तीको आक्रमण

चितवन राष्ट्रिय निकुञ्जभित्र बाटोमा मोटरसाइकल चालकमाथि हात्तीको आक्रमण

भरतपुर–माडी सडकअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुवे हात्तीले मोटरसाइकल चालकमाथि आक्रमण गरेको छ । मोटरसाइकल चालक सकुशल रहेको निकृञ्जले जनाइएको छ । मोटरसाइकलमा भने क्षति पुगेको छ । उक्त आक्रमणपछि निकुञ्ज भित्र प्रवेश गर्न रोक लगाइएको छ । माडीबाट भरतपुरतर्फ आउँदै गरेका यात्रुहरु बनकट्टा पोष्टमा रोकिएका छन् भने भरतपुरबाट माडी जान लागेका यात्रुहरु कसरा पोष्टमा रोकिएका छन् ।
Read More
निलम्बित प्रधानन्यायाधीश जबराको आजदेखि सकियो कार्यकाल

निलम्बित प्रधानन्यायाधीश जबराको आजदेखि सकियो कार्यकाल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिँदैछ । विसं२०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएको थियो । कार्यभार सम्हालेको करिब तीन वर्षपछि अर्थात् २०७८ फागुन १ गते उहाँमाथि न्यायापालिकामा विचलन ल्याएको लगायतका विभिन्न आरोप लगाउँदै प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पु¥याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित गत मंगलबार अर्थात् यहि मङ्सिर २० गते उहाँले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिनुभएको थियो । उहाँको मागअनुसार संसद् सचिवालयले भोलिपल्ट २१ गते बुधवार पत्र दिएको थियो । संसद्…
Read More
एक वर्ष अघि नै पोल गाडीएको इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा अझै बलेन विजुली

एक वर्ष अघि नै पोल गाडीएको इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा अझै बलेन विजुली

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युतको पोल गाडीसक्दा पनि बिजुली भने नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि हिजो सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो । अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार अपुग भएकै कारण उक्त गाउँमा बिजुली नबलेको पाईएको थियो । पोल गाडेको तर केहि तार अपुग भएकै कारण लामो समयदेखि बिजुली नबलेको पाइएपछि गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाले अपुग तार व्यवस्था गरिदिने वचन दिदै तत्काल बिजुली बाल्ने व्यवस्था मिलाउन उक्त गाउँमा विद्युत् विस्तारका लागि सहजिकरण गरिरहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिलाई…
Read More
स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले गर्यो माग

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले गर्यो माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । आज मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ । ‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका…
Read More
नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । उक्त सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको सरोकारवालाको बैठकले अब आउँदो पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको जनाइएको छ । उक्त बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस,…
Read More
आजदेखि खुल्यो एसियन हाइड्रोपावरको आईपीओ

आजदेखि खुल्यो एसियन हाइड्रोपावरको आईपीओ

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले (आज) देखि आईपीओ निष्काशन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने तीन करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर एकसय रुपैयाँ अंकितदरका तीन लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको छ । जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दाहरूका लागि एक लाख ३६ हजार कित्ता सेयर रहेको छ । साथै…
Read More
नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेनर््र्न कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको हो । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको ढकालले बताउनुभयो । आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेको बताइएको छ । आयोजनाको पूर्वी खण्डमा पर्ने विद्युत्का पोल पनि सार्ने काम अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको हो । पछिल्लो…
Read More
पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवनको माग

पत्रकार आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ चितवनको माग

नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना कोषाध्यक्ष पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न महासंघले स्थानीय प्रशासन समक्ष माग गरेको छ । हिजो साँझ क्याम्पा चौरमा मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको थियो । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका गढी सेक्युरिटीका बाउन्सरले…
Read More
निर्वाचन आचारसंहिता आजबाट नरहने

निर्वाचन आचारसंहिता आजबाट नरहने

निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत मङ्सिर ४मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगले जनाएको छ । ‘२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा सो निर्णयको जानकारी गराइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा…
Read More
फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता

फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता

फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । हिजो आईतबार बसेको जिल्ला शाखाको बैठकले उक्त सदस्यता खुला गरेको हो । पुस १५ गतेसम्म सदस्यता खुला गरिएको संघले जनाएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्नेछन् । फोटो पत्रकार महासंघको सदस्यता लिनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रसहित कार्यरत संस्थाको परिचयपत्र तथा सिफारिस पेस गर्नुपर्ने बताइएको छ । फोटो पत्रकार महासंघको सदस्यता अनलाइनबाट समेत भर्न सकिने जनाइएको छ । त्यसै उक्त शाखाले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अब आउँदो माघको पहिलो साता आधारभूत फोटो पत्रकारिता तालिम गर्ने जनाइएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.