एक वर्ष अघि नै पोल गाडीएको इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा अझै बलेन विजुली

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युतको पोल गाडीसक्दा पनि बिजुली भने नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि हिजो सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो ।

अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार अपुग भएकै कारण उक्त गाउँमा बिजुली नबलेको पाईएको थियो । पोल गाडेको तर केहि तार अपुग भएकै कारण लामो समयदेखि बिजुली नबलेको पाइएपछि गाउँपालिका अध्यक्ष गुरुङले गाउँपालिकाले अपुग तार व्यवस्था गरिदिने वचन दिदै तत्काल बिजुली बाल्ने व्यवस्था मिलाउन उक्त गाउँमा विद्युत् विस्तारका लागि सहजिकरण गरिरहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।

उहाँले ताल्तीमा दुई हप्ता भित्र बिजुली बाल्न निर्देशन दिनुभएको छ । उक्त गाउँमा रहेका २२ घर सबै चेपाङ समूदायका भएकाले निःशुल्क मिटर जडानको व्यवस्था समेत गरिने र यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेटको व्यवस्था समेत गरीने बताइएको छ ।
उक्त निरिक्षण टोलीमा अध्यक्ष गुरुङ सहित वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङ, मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.