आजदेखि खुल्यो एसियन हाइड्रोपावरको आईपीओ

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले (आज) देखि आईपीओ निष्काशन गरेको छ । स्थानीय प्रभावित बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने तीन करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर एकसय रुपैयाँ अंकितदरका तीन लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको छ ।

जसमध्ये आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दाहरूका लागि एक लाख ३६ हजार कित्ता सेयर रहेको छ । साथै अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाका लागि बाँकी दुई लाख चार हजार कित्ता सेयर रहेको छ ।
सर्वसाधारणहरुको लागि निष्काशन हुने आठ करोड ४० लाख रुपैयाँ बराबरको आठ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् ८४ हजार कित्ता साधारण सेयर नेपाल सरकार सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
सो सेयरमा न्युनतम १० कित्तादेखि अधिक्तम २० हजार कित्ता आवेदन दिन पाउने व्यवस्था कम्पनीले गरेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा अब आउँदो पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आउँदो पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.