हेडलाईन

चितवनको कालिकामा रहेका चार मन्दिरमा चोरी

चितवनको कालिकामा रहेका चार मन्दिरमा चोरी

संजय दुवाडी चितवन, पुस १८ । पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो । दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए । उनका अनुसार पाँच÷सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको…
Read More
माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

माओवादीको केन्द्रीय कमिटी छान्न आज निर्वाचन, कुन समूहबाट कति हुँदैछन् निर्वाचित ?

काठमाडौं, पुस १८ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो । निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ । यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ बजेर ४० मिनेटमा प्रकाशित हुनेछ । निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन पौने ५ बजे हुनेछ । यस्तै साँझ ६ बजेर २५ मिनेट राति १० बजेर २५ मिनेटसम्म मतदान हुनेछ । कुन समूहमा कति निर्वाचित ? माओवादी केन्द्रको…
Read More
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, पुस १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७र७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने सभामुख अन्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग स‌म्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।  
Read More
‘पोल्ट्रीजन्य वस्तुमा राज्यले सहयोग गर्नुपर्छ’

‘पोल्ट्रीजन्य वस्तुमा राज्यले सहयोग गर्नुपर्छ’

चितवन, पुस १७ । पोल्ट्रीजन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । नवौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले आत्मनिर्भर भएको यस व्यवसायलाई जोगाइराख्न राज्यको सहयोग आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री नीति कार्यान्वयनमा ध्यान दिन नसक्दा समस्या भएको बताए । नीति कार्यान्वयनसँगै सरकार र व्यवसायी समयअनुसार हिँड्न सक्नुपर्ने उनको भनाइ थियो । व्यवसायमा अहिलेको समस्या कुखुराको भ्याक्सिन भएको बताउँदै उनले भने, “नेपालमा भ्याक्सिनको समस्या छ । यसलाई समाधान गर्न राज्यले ध्यान दिनुपर्छ ।” बर्डफ्लुको भ्याक्सिन आयातमा रोक लगाउँदा व्यवसायी मारमा परेको उनले बताए । उनले…
Read More
रत्ननगर महोत्सवको ९० प्रतिशत काम सकियो

रत्ननगर महोत्सवको ९० प्रतिशत काम सकियो

चितवन, पुस १७ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ । महोत्सवको ९० प्रतिशत काम सकिएको मुल व्यवस्थापन समितिका संयोजक तथा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए। यस बर्षको महोत्सवको मुल्य आर्कषण जिप साइकलिङ, जीप लाइन र राष्ट्रिय स्तरको भविलब प्रतियोगिता रहेको छ । यस पटकको महोत्सवमा समृद्ध नगर,बृहद रत्ननगरको अबधारणा अगाडि बढाइएको संघका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने यस रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी…
Read More
कोशीटप्पुमा आजबाट चरा गणना

कोशीटप्पुमा आजबाट चरा गणना

पुस १७ । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो । मानव अतिक्रमणले कोशीटप्पुमा वर्षेनी जलचरा घट्दो क्रममा छन्। सयौंको संख्यामा एकै झुण्डमा पाइने चरा अहिले स-साना झुण्डमा देखिने गरेका छन् । कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ । कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले जानकारी…
Read More
आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदै

आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदै

चितवन, पुस १७ । आज नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर विशेष रुपमा मनाइदै छ । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर यो दिवस मनाउने गरेका छन् । अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन थालिएको युवाहरुले…
Read More
सन्दर्भ पोल्ट्री दिवस: सन्तुलित र पोषणयुक्त आहार अण्डा

सन्दर्भ पोल्ट्री दिवस: सन्तुलित र पोषणयुक्त आहार अण्डा

चितवन, पुस १७ । सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो। यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ। काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ। जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ। नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन्। फिजिसियन डा. भोजराज अधिकारी भन्छन्, ‘अण्डा पोषणको प्याकेज हो।’ मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउँछन्। चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ। उनले भने, ‘शरीरको वृद्धि विकास बढी हुनुपर्‍यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्‍यो।’ अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोल्डस्टोर सबैको कारण धेरै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.