प्रदेश

भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुरमा १९ वर्षीय एक बालिकामाथि दुव्र्यवहार

भरतपुर महानगरको बाइस बिघामा पसलबाट सामान किनेर घर फर्किएकी १९ वर्षीय एक बालिकामाथि बोलेरोमा सवार केहि व्यक्तिले दुव्र्यवहार गरेका छन् । बालिकाको कपाल तानेर चुडाल्ने र अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका हुन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । घटना अस्ति शुक्रबार भएको र हिजो शनिबार प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोही उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उक्त उजुरीमा कपाल तानेर झण्डै दुर्घटना गराएको र अपशब्द प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ । घटना कुनै सिसि क्यामरामा कैद भएको छ कि भनेर खोज्दै गरेको र हालसम्म नभेटिएको प्रहरीले जनाएको…
Read More
राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

राष्ट्रपति भण्डारीले माफी दिएपछि रिहा भए नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी

नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी रिहा हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित चौधरी आज प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिएपछि कैलाली कारागारबाट रिहा हुनुभएको हो । १३ वर्षको पुरानो आगजनी मुद्दामा दोषी ठहर सांसद चौधरी गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नु भएको थियो । उहाँ २० गते कारागार चलान हुनुभएको थियो । थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ साल भदौ ३ गते ट्र्याक्टर जलाएको घटनामा २०७० साल वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र आठ लाख १८ हजार…
Read More
चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै यहि फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि मिति तय गरेको हो । आयोगले सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।…
Read More
चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको सामुदायिक वनमा मृत गैंडाको अवषेश भेटियो, चालु आर्थीक वर्षमा मरे ११ गैंडा

चितवनको रत्ननगर नगरपालिका वडा नं. ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा मृत गैंडाको अवषेश भेटिएको छ । चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको डिजिजन बन कार्यालय चितवनले जनाएको छ गैंडा अन्दाजी तीन महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । चालु आर्थीक बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।
Read More
मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड भोलीदेखि थप १५ दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ । कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य…
Read More
नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नागरिक उन्मुक्तिका सांसद चौधरीको बाँकी सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले कैद सजाय भुक्तान गरिरहनुभएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गृह मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले सांसद चौधरीको बाँकी सजाय मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहालले नै चौधरीको सजाय मिनाहाका लागि पहल गर्नुभएको थियो । सोही प्रस्तावमा मन्त्रिपरिषद्को हिजो बिहीबारको बैठकले चौधरीको बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । त्यसअघि गृह मन्त्रालयले चौधरीमाथि लागेको कसुरको अवस्थाबारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो । चौधरी आगजनी मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी करार भई सजाय भुक्तानरत रहेको जानकारी पाएपछि गृहमन्त्रालयले चौधरीको बाँकी सजाय मिनाहाका लागि मन्त्रिपरिषद्मा सिफारिस…
Read More
भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी साक्षीका रूपमा पेस गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । सिन्धुपाल्चोकमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरूलाई साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो । तर इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको भनिएका उनीहरूले बयान फेरेका थिए । विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जीवीविरुद्ध २९ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा…
Read More
आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

आगामी वैशाखमा हुने चितवन क्षेत्र नम्बर २को उपनिर्वाचनका लागि तयारी बढाइयो

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गर्न तयारी अघि बढाएको छ । आयोगले उपनिर्वाचनको मिति घोषणासँगै निर्वाचनका लागि तयारी अघि बढाएको हो । आयोगले निर्वाचन तालिकाअगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित निर्वाचन कार्यालयलाई परिपत्र पठाएको थियो । आयोगका अनुसार अहिले जिल्लाको निर्वाचन कार्यालयले मतदाता नामावलीको अद्यावधिक गर्ने कार्य गरिरहेको छ । कार्यालयले यहि फागुन १गतेदेखि मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । यो कार्य यही चैत्र १६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । यस अवधिमा मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्ममितिलगायत विवरणलाई सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने…
Read More
नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

नारायणगढको एमथ्री मोबाइल हाउसमा प्रहरीको छापा, अवैध मोबाइलसहित पसल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको इन्द्रदेव मार्गस्थित एमथ्री मोबाइल हाउसमा छापा हानि अवैध मोबाइलसहित सञ्चालकलाई पक्राउ गरेको छ । अवैध मोबाइल सेटहरु बिक्रि वितरण तथा भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा बुधबार साँझ ७ बजे पसलको खानतलासी गर्न गएको प्रहरी टोलिले अवैध ४० थान मोबाइलसहित पसल सञ्चालक भरतपुर महानगरपालिका–६ बस्ने ३५ वर्षीय दिपेन्द्र खड्कालाई पक्राउ गरेको हो । उक्त पसलमा आइफोन, सामसुङ र रियलमी लगायत विभिन्न ब्राण्डका अवैध मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका खड्कालाई आवश्यक कारबाहीका लागि हिजो बिहीवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बताइएको छ ।
Read More
चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनमा लागुऔषधसहित एक जना पक्राउ

चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१५ बस्ने ३२ वर्षीय इन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थिङलाई कालिका–६ बाट पक्राउ गरिएको हो । ना ३१ प ९९३८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनार्गन १८ एम्पुल, ब्युप्रिनोर्फिन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल, नगद २१ हजार तीनसय ४० रुपैयाँ र मोटरसाइकलसहित थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.