प्रदेश

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवनका बिक्रम पाण्डे सहरी विकास मन्त्री

चितवन क्षेत्र नः३ का प्रतिनिधीसभा सदस्य रहनुभएका राप्रपा उपाध्यक्ष बिक्रम पाण्डे सहरी विकास मन्त्री हुनुहुने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएकोमा उपाध्यक्ष पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा मन्त्री र ध्रुबबहादुर प्रधान कानुमन्त्री बन्नुहुने भएको छ । मन्त्रीहरुको सपथग्रहण आज दिउँसो १ बजेपछि हुँदैछ ।
Read More
खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला

खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल आज सोमवार बिहान घर नजिकै खन्युको फेदमा मृत अवस्थामा फेला परेकी हुन् । आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताउनुभएको छ । मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । यही माघ ३ गतेदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै…
Read More
तनहुँमा खुकुरी प्रहार गरी पुरूषको हत्या

तनहुँमा खुकुरी प्रहार गरी पुरूषको हत्या

तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ । आज बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडकखण्डमा सोही ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो । हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हत्याको कारण भने खुलीसकेको छैन । अहिले मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न खुकुरी प्रहार गर्ने परियारलाई हातियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।
Read More
बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।
Read More
नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

नारायणी नदीमा हिजोदेखि चल्यो पानीजहाज

चितवनको नारायणी नदीकिनारमा हिजोदेखि क्रुजसिप (पानीजहाज)सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले हिजो आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समयलाई साइत मानेर पर्यटकीय प्रयोजनका लागि क्रुज सञ्चालनमा ल्याएको हो । करिब दुईवर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएपनि कोभिड महामारी र केही नीतिगत व्यवधानका कारण उक्त क्रुजसिप( पानीजहाज)सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । निर्देशक ढुङ्गेलका अनुसार तीनतला रहेको क्रुजमा एकपटकमा एकसय ८० जना यात्रु चढ्न सक्छन् । यसको कुल क्षमता भने दुईसय जना रहेको छ । क्रुज चढ्न सातसय रूपैयाँ शुल्क तिरेर…
Read More
लुम्बिनी केबलकार फागनुदेखि सञ्चालनमा आउने

लुम्बिनी केबलकार फागनुदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताउनुभएको छ । केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ र टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेका बताइएको छ । केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौवटा टावर मध्ये सातवटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुईवटा टावरको जडान कार्य…
Read More
माघे सङ्क्रान्ति मेलालाई लक्षित  गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली र पर्सी नारायणगढ– मुग्लिन सडकखण्डमा सवारी नरोकिने

माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्ति मेलाका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी…
Read More
राष्ट्रिय सभा उप–चुनावका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभा उप–चुनावका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ । अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि अब आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ । लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम…
Read More
प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश–१ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद गौतमको एकल उम्मेदवारी परेको थियो । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । सभामुख गौतमले आजै शपथ लिने जनाइएको छ ।
Read More
चितवन राष्ट्रिय निकुञ्जमा  एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङे गैँडा मृत भेटिएको छ । गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९÷०८० मा मर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.