प्रदेश

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक

सुनचाँदी व्यवसायी महिला समूह चितवनको अध्यक्षमा शान्ता थापा विक सर्वसम्मत रूपमा चयन हुनुभएको छ । सुनचाँदी व्यवसायी महिला समूह चितवनको हिजो सोमबार सम्पन्न १० औं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनबाट अध्यक्ष थापा चयन हुनुभएको हो । थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत घोषणा भएको छ । समितिमा निवर्तमान अध्यक्ष रूपा बराली पदेन रहने गरी वरिष्ठ उपाध्यक्षमा कल्पना गोतामे, उपाध्यक्षहरुमा सरिता भट्टराई घताने, यशोदा सेन्चुरी, महासचिवमा सिता सदाशंकर, प्रवक्तामा मिना घिमिरे, सचिवमा मञ्जु घताने विश्वकर्मा, कोषाध्यक्षमा विष्णु खाती, सहकोषाध्यक्षमा जुना सुनार, कार्यसमिति सदस्यहरूमा शारदा बराली, गंगा रामदाम सुनार, रचना सेन्चुरी, मना बराली, जमुना सेन्चुरी, मिना शाक्य, धनु पोखरेल, आशा…
Read More
वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद अब आउँदो चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । हिजो विहीबार बसेको परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको बताइएको छ । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला प्रतिस्पर्धा गराइने भएको छ । अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा आठ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपटक पनि निरन्तरता…
Read More
बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेश सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम अब आउँदो पुस १४ गते बिहिवार हुने भएको छ । आज शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो । उक्त बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको विषयमा निर्णय गरेको छ । प्रदेश सभा सदस्यहरूको शपथअघि पुस १३ गते बुधवार ज्येष्ठ सदस्यलाई शपथग्रहण गराइनेछ । ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यको शपथपश्चात् बाँकी सांसदहरूलाई शपथग्रहण गराइने बताइएको छ । नुवाकोटबाट निर्वाचित माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगाना ज्येष्ठ सदस्यको रूपमा पहिचान…
Read More
पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

पुल्चोक–गोन्द्राङ सडक विस्तारः घरधनीले सूचना अवज्ञा गरेपछि अन्ततः नारायणगढमा चल्यो डोजर

सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीले अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले आज शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो । पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरहरुमा २० देखि एकसय मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने…
Read More
दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ वटा बाघ, पाँच वटा गैँडा, छ वटा हात्ती, सात वटा हरिण, तीनवटा निलगाई, तीन वटा मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष…
Read More
यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

भरतपुर महानगरपालिकामा हिजो बिहीबारदेखि यातायात व्यवस्थापनमा नयाँ नियम लागू भएपछि यात्रुहरु दोहोरो भाडाको मारमा परेका छन् । नयाँ नियम लागू भएपछि लोथरतर्फबाट आउने यात्रु भने नारायणगढ पुग्न एउटा गाडीबाट झरेर अर्काे गाडी चढ्नुपर्ने बाध्यताका बीच भाडा पनि दोहोरो तिर्नुपर्ने भएपछि यात्रुहरु मारमा परेका हुन् । यसअघि लोथरतर्फबाट आउने बसले यात्रुलाई नारायणगढसम्मै पु¥याउँथे । नयाँ नियम लागू भएपछि ती बस केन्द्रीय बसपार्कमा रोकिनुपर्ने भएको छ । बिहीबारदेखि टाँडी, पर्सा, भण्डारा र लोथरबाट आएका बसले यात्रुलाई बसपार्क चोकमा झारिदिन सुरू गरे, तर भाडा भने घटाएनन् । पुरानै भाडा लिएर गन्तव्यभन्दा अगाडि नै झारिदिएपछि यात्रुहरु रिसाए । नयाँ नियमले ठेकेदार र ठूलाबडालाई मात्रै…
Read More
बागमती प्रदेशमा पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय बयालीस जनाले गुमाए ज्यान

बागमती प्रदेशमा पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय बयालीस जनाले गुमाए ज्यान

बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) यस आर्थिक वर्ष २०७९÷८० को पाँच महिनामा सवारी दुर्घटनाबाट एकसय ४२ जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार यस आवको साउनदेखि मंसिरसम्म गरी पाँच महिनाको अवधीमा छ सय ३९ वटा सवारी दुर्घटनामा परी एकसय ४२ जनाको मृत्यु र एकहजार चारसय २३ जना घाइते भएका छन् । बागमती प्रदेशमा भएको सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको बागमती प्रदेश प्रहरीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिनुभयो । सवारी दुर्घटनामा सबैभन्दा बढी २ पाङ्ग्रे (मोटरसाईक÷स्कुटर) संलग्न रहेका छन् । यस आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा विभिन्न…
Read More
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको राजश्व घट्योः मंसिरमा २२ लाख संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको राजश्व घट्योः मंसिरमा २२ लाख संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मंसिर महिनामा २२ लाख रुपैंया बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ०७९÷८० को मंसिर महिनामा २२ लाख ४४ हजार पांँचसय रुपैंया राजश्व संकलन गरेको हो । सो अवधिमा सबै प्रकृतिका गरी दुई हजार चारसय ६३ सवारी साधन कारवाहीमा परेका थिए । कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व संकलन कार,जीपबाट र सबैभन्दा कम राजश्व टेक्टरबाट संकलन भएको छ । जसअनुसार सो अवधिमा पाँचसय ७९ वटा कार, जीप कारबाहीबाट पांँच लाख ३६ हजार र एकसय १० वटा टेक्टर कारवाहीबाट एकलाख दुईहजार रुपैंया राजश्व संकलन भएको छ । यस्तै छ सय ४१ वटा मोटरसाइकलबाट पाँचलाख…
Read More
चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने १४औँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । अब आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने चितवन महोत्सव नारायणी नदी किनारमा हुँदैछ । महोत्सवमा ‘मेड इन नेपाल’ मुख्य आकर्षणको रुपमा रहने छ । महोत्सवभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले मेड इन नेपाल एक्स्पो गर्ने भएको छ । एक्स्पोभित्र करिब ५० वटा स्टल रहने नेपाली युवा उद्यमी मञ्च चितवनले जनाएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाको प्रबद्र्धनका लागि महोत्सवभित्र मेड इन नेपाल एक्स्पो गर्न लागिएको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो । एक्स्पोमा नेपालमा उत्पादित जुनसुकै वस्तुहरुको स्टल…
Read More
अरोमा स्कुल अनिश्चितकालका लागि बन्द

अरोमा स्कुल अनिश्चितकालका लागि बन्द

भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित अरोमा इङ्गलिस सेकेण्डरी स्कुल गत मंगलबारदेखि बन्द छ । स्कुलमा तोडफोड भएपछि अनिश्चितकालका लागि स्कुल बन्द भएको हो । छात्रामाथि शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै आन्दोलित विद्यार्थीले स्कुल बस र भवनमा क्षति पु¥याएका हुन् । स्कुलमा ठूलो भौतिक क्षति भएकाले मर्मत गर्ने काम भइरहेको स्कुलका सहायक प्रिन्सिपल नेत्र भुसालले बताउनुभयो । विद्यार्थीले गरेको भौतिक क्षतिको खर्च स्कुल आफैले व्यहोर्ने भएको छ । बन्द रहेको स्कुल सञ्चालनका लागि विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको जनाइएको छ । स्कुल बसलगायत तोडफोड भएका वस्तुको मर्मत गर्ने काम भइरहेको र सकभर भोलिदेखि नभए आउँदो सोमबारदेखि स्कुल सञ्चालन गर्ने तयारी भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.