चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । हिजो बुधवार दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा तटबन्धनको शिलान्यास गर्नुभयो । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताउनुभयो । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको छ । यो खैरहनीमा दोस्रो लगानी भएको बताइएको छ । तटबन्धका लागि समय धेरै बाँकी नरहेकाले अब कामलाई तीव्र गतिमा लैजान महावाणिज्यदूत कुमारले आग्रह गर्नुभयो । त्यस्तै नगर…