काभ्रे बस दुर्घटनाः १७ जनाको उड्यो प्राणपखेरु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा हिजो मंगलबार साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सात जना एउटै वडाका छन् । जसमा बनेपा नगरपालिका वडा नं ११का ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, छ वर्षीया श्रेया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक १३ जनाको पहिचान भएको छ । अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङ, बेथानचोक– ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् ।

बस चालक ललितपुर महांकाल–४ घर भई हाल पनौती–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ । मृतकमध्ये चार जनाको नाम नखुलेको जनाइएको छ ।
दुर्घटनामा घाइतेभएका मध्ये २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । बसमा ३९ जना सवार थिए । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको बताइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.