सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण सुरु, मेयर सापकोटाद्धारा शिलान्यास
चितवनको पर्यटकीय नगरी सौराहामा साइलकलेन सहितको नमुना सडक निर्माण कार्यको प्रारम्भ गरिएको छ । सौराहाको पर्यटन विकासका लागि १४ करोड १० लाखको लगानीमा सडक निर्माण सुरु गरिएको हो । रत्ननगरका मेयर प्रल्हाद सापकोटाको पहलमा केन्द्र सरकारको लगानीमा आर्कषक सडक निर्माण कार्य सुरु भएको हो । राष्ट्रिय योजना आयोगका निर्वतमान उपाध्यक्ष डा.विश्वनाथ पौडेलको सहजीकरणमा परेको सो सडक आज बुधबार मेयर सापकोटाले शिलान्यास गर्नुभएपछि निर्माणको काम सुरु भएको छ । सौराहाको राप्तीड्याक देखि पूर्व तर्फ हर्नहरी पुल सम्म करिब एक हजार पाँचसय मिटर नमुना सडक निर्माण हुने छ । १५ मिटर चौडाई रहने सडकमा कलोपत्रे पिचसंगै साइकललेन, फुटपाथ र ढल निर्माण हुनेछ…