क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट
काठमाडौं, पुस १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज सोमबारबाट सुरु हुँदैछ। आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति बनेपछि प्रशिक्षण सुरु हुन लागेको हो । यस अघि क्यानले आइतबारबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न अनुरोध गरेको थियो । तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ नगरेपछि प्रशिक्ष्ण प्रभावित भएको थियो । कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका…