क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

काठमाडौं, पुस १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज सोमबारबाट सुरु हुँदैछ।

आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ ।  नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति बनेपछि प्रशिक्षण सुरु हुन लागेको हो ।

यस अघि क्यानले आइतबारबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको  थियो । खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न अनुरोध गरेको थियो ।

तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ नगरेपछि प्रशिक्ष्ण प्रभावित भएको थियो ।

कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् ।

क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।

केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।

यस्तै क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो ।

तर, क्यानले कारबाहीमा परेका चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टको ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो । क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ । ग्लोबल छनोट ओमानमा आयोजना हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

सन्दीप लामिछाने (कप्तान)

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिंह ऐरी

शरद भेषवाकर

करण केसी

सोमपाल कामी

आरिफ शेख

विनोद भण्डारी

कुशल मल्ल

कुशल भुर्तेल

आसिफ शेख

कमल सिंह ऐरी

शाहब आलम

सन्दीप जोरा

अविनाश बोहरा

सुशन भारी

पवन सर्राफ

बिक्रम सोब

भिम सार्की

रोहित कुमार पौडेल

प्रदिप ऐरी

गुलशन झा

नन्दन यादव

जितेन्द्र कुमार मुखिया

विवेक यदब

सौरभ खनाल

राजेश पुलामी

किशिर महतो

सागर ढकाल

हरिशंकर साह

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.