एट्लेटिकोको सहज जित

पुस १९ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे ।

खेलको २८ औं मिनेटमा कोरियाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२ अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । भालेकानो ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.