आन्तरिक पर्यटकको रोजाइमा नारायणी नदी
छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको संख्या बढ्दै गइरहेको छ । मोटरबोट चढ्नकै लागि धेरै मानिसहरु त्यहाँ जाने गरेका छन् । मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रमाउँछन् आन्तरिक पर्यटक नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको…