आर्थिक खबर

पर्यापर्यटनमा जोड दिँदै पञ्चकन्या वन ः जङ्गलभित्रै साइकल मार्ग सञ्चालन गर्ने तयारी

पर्यापर्यटनमा जोड दिँदै पञ्चकन्या वन ः जङ्गलभित्रै साइकल मार्ग सञ्चालन गर्ने तयारी

गरिबी निवारणको लागि पञ्चकन्या सामुदायिक वनले पर्यापर्यटनमा जोड दिँदै आएको छ । सौराहा क्षेत्रमा आउने जुनसुकै देशका पर्यटकलाई पनि सामुदायिक वनप्रति आकर्षित गराउने लक्ष्यसहित पञ्चकन्याले विभिन्न खालका प्रयास गर्दै आइरहेको छ । विशेषतः मनिखोला पार्कलाई व्यवस्थित बनाउने र टिकौलीदेखि मनिखोला पार्कसम्मको साइकल मार्ग निर्माण गरिएको वनका अध्यक्ष कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो । पञ्चकन्यामा बाघ, गैँडालगायतका चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने सबै खालको वन्यजन्तु प्रशस्तै रहेको हुँदा तिनीहरुको व्यवस्थापनमा मात्रै ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई सामुदायिक वन घुमाउन सकिने बताइएको छ । हाल मनिखोला पार्कमा मात्रै सीमित भइरहेको छ । जाडोको मौसममा वनभोज आउने र सानोदेखि ठूलो पर्दासम्मका…
Read More
फर्केर हेर्दा सन् २०२२ लाई

फर्केर हेर्दा सन् २०२२ लाई

दीपा चालिसे निरन्तर घुमिरहने घडिको सुईसँगै सेकेन्ड, मिनेट, घण्टा, दिन हँँुँदै आज कति छिटो तीनसय ६५ दिन पुगेर घुम्दै फिर्दै अङ्गेजी नयाँ वर्ष सन् २०२३ ले सबैको घर आँगनमा पाइला टेकिसकेको छ । सन् २०२२ लाई विभिन्न आरोह–अवरोहबीच बिदाई गर्दै हर्ष, उल्लास, उमंगका साथ अङ्गेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गरिसकेका छौं । विशेष गरी गएका वर्षहमा मुलुकमा के कस्ता गतिविधि भए, मुलुकको राजनीतिक अवस्था कस्तो रह्यो लगायतका विविध घटनाहरुको अनुभव गर्ने अवसर पाउनुका साथै आगामी दिनमा भएका भएका कमीकमजोरी केलाउने र त्यसलाई सुधार्ने मौका समेत पाउँछ । त्यसैले यो नयाँ वर्ष नयाँ, जोश, जागँर र उंमग र हर्ष,…
Read More
यि हुन् विद्यार्थीलाई उद्यमी बनाउन छानिएका चितवनका तीन क्याम्पस !

यि हुन् विद्यार्थीलाई उद्यमी बनाउन छानिएका चितवनका तीन क्याम्पस !

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो। अनुदान आयोगले छानेका तीन क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी, प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् । विश्वविद्यालय अनुदान आयोगले देशभरका उत्कृष्ट शैक्षिक संस्थालाइ यो परियोजनाका लागि छनोट गरेको हो । देशभरबाट १८ क्याम्पस छानिएका छन् । यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार  गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते आइतबार अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा…
Read More
पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

सडक विभागले भत्काएपछि लथालिङ्ग भएको नारायणगढ क्षेत्रका अग्रभागका घरहरुको मर्मत गर्न थालिएको छ । सम्बन्धित घरधनी र व्यवसायीले भत्किएका संरचनामा पुनः मर्मतको काम थालेका हुन् । पुनः मर्मतका लागि मजदुर र निर्माण सामग्री जुटाएर धमाधम काम थालिएको छ । केही व्यवसायीले मर्मतको काम सकेर व्यवसायलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले वैकल्पिक बाटोबाट सेवा दिइरहेका छन् । केहीले भने पुनः मर्मतका लागि एक महिनासम्म पनि लाग्ने भनी काम गरिरहेका छन् । घरका टप, सटर, पिलर भत्किएका छन् । बिजुली, इन्टरनेट सेवा प्रभावित भएको छ । भत्केको संरचना बनाएर छिटो व्यवसाय सञ्चालनमा ल्याउन व्यवसायी लागिपरेका छन् ।भत्काइएको संरचना सरसफाइ र मर्मतको…
Read More
विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न प्रमको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै चलिरहेको प्रक्रियामा रहनै निर्देशन दिएको बताइएको छ । विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशतसम्म कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीले विरोध गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार छलीको मोबाइल नियन्त्रण गर्न भन्दै आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) कार्यान्वयन गर्ने समयसीमा…
Read More
चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै, दाङ र बाँके भन्दा पनि पर्यो पछि

चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै, दाङ र बाँके भन्दा पनि पर्यो पछि

पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ । अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ । स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् । बैँकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि घरजग्गा कारोबारमा प्रभाव पारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई मंसिर २३ सम्ममा कृषि तथा गैर कृषि जग्गा छुट्याउन निर्देशन दिएको भएपनि चितवनका स्थानीय तहले भने…
Read More
यसवर्ष चार लाख ३९ हजार चारसय ६७ टन बढी फल्यो धान

यसवर्ष चार लाख ३९ हजार चारसय ६७ टन बढी फल्यो धान

देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा चार लाख ३९ हजार चारसय ६७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५० लाख ५७ हजार पाँच टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार पाँचसय ७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल दुई प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन…
Read More
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उहाँको भनाईमा २० वर्षअघि बङ्गलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि…
Read More
तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र

तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र

तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चौँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिनुभयो । ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडौँले पाएको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरेको हो । सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने बताइएको छ । तेत्तीस महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.