दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

पुस १८ । दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ ।

संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने ।

आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।

दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन् । सन् १९२०/१९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ । गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो । एजेन्सी

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.