भरतपुरमा श्रीमानद्वारा श्रीमतीको घाटी रेटि हत्या गरि आफुले पनि गरे आत्महत्या

चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.