बिपि कोईराला युवा मंच चितवनको अध्यक्षमा लामिछाने

इतिहासको कालखण्डमा विपि कोइरालावाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणाहरु आजको समयमा पनि हाम्रो लागि प्रेरक छन, सामायिक छन र राष्ट्र निर्माणका लागि मार्ग निर्देशन गरिरहेका छन। उहाँका विचारलाई आजको जीवन सापेक्षतामा गतिशील ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावी पिढिको सपना संग एकाकार गर्ने गुरुत्तर दायित्व आजको युवा पंक्तिले निर्वाह गर्नुछ।
त्यसैले लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमानै सम्मुन्नत समाजको सपना देख्ने युवाहरूको नेतृत्व एंब ब्यक्तित्व विकास गर्दै जननायक बिश्वेस्वरप्रसाद कोइरालाका विचारहरुलाइ समाजको हरेक तह र तप्कामा पुर्याउने उदेश्यका साथ गठन भएको विपि कोइराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्यसमिति चितवनको साधरण सभा / अधिवेशनले युवा ब्यक्तित्व श्री हरि लामिछाने ज्युलाइ सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको छ। चितवनका लोकतन्त्रवादी युवाहरुलाई संगठित र परिचालित गर्दै विपि कोइरालाको विचारहरुलाइ चितवन जिल्लाको गाउँगाउँमा र टोलटोलमा पुर्याउने संस्थाको उदेश्य प्राप्तिको लागि गतिविधिहरु अगाडि बढाउने कुरा मञ्चका नवनिर्वाचित अध्यक्ष हरि लामिछानेले बताउनु भयो। अधिवेशन मञ्चका जिल्ला कार्यसमितिका अध्यक्ष नारायणप्रसाद सुवेदिको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष श्री निलकण्ठ रिजाल, नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य डा. बासुराज पाण्डे, नेपाली कांग्रेस रत्ननगर उपसभापति कमलनाथ घिमिरे, नेपाली कांग्रेस माडिका सचिव कपिल अधिकारी, युवा नेताहरु मेघनाथ सुवेदी, डा. कला पन्त, गोबिन्द अधिकारी, वसन्त गैरे, मन्दिप पोखरेल, कमल अधिकारी, ओमकार साप्कोटा, निराजन सापकोटा, रेशम भुजेल, राजन खत्री, सन्तोष अधिकारी लगायत अन्य युवा ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.