खैरहनीमा निशुल्क स्वास्थ्य सिविर सम्पन्न १८६ जना लाभान्वित

खैरहनीमा सञ्चालित एकदिने शिविरबाट एक सय ८६ जना लाभान्वित भएका छन्। खैरहनी नगरपालिका र उधोग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा सञ्चालित शिविरमा शनिबार निःशुल्क स्वास्थ्य जाँच गरी औषधि वितरण गरिएको थियो।

चौधरी पोलिक्लिनिक, चितवन डेन्टल केयर, भरतपुर आँखा अस्पताल, केयर पोलिक्लिनिक र सामुदायिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा खैरहनी १२ का विभिन्न रोगबाट पीडित गरिब तथा पिछडिएका समुदायका अधिकांश रोगीहरूले सेवा लिएका थिए।
आर्थिक अभावले उपचार गराउन नपाएका वा अस्पतालको दुरी टाढा हुँदा समस्या भएकाहरूले सेवा लिएका थिए। बृहत निशुल्क स्वास्थ्य सिविरका कार्यक्रम संयोजक किरण बुर्लाकोटीका अनुसार शिविरमा जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा, छाला रोग, नाक, कान, घाँटी, आँखा, र दन्त रोगसम्बन्धी सेवा दिएको थियो।

उधोग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रम खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा खैरहनी १२ का वडा अध्यक्ष केदारनाथ पन्त, उधोग वाणिज्य संघ वागमती प्रदेशका कोषाध्यक्ष गुणराज श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो। संघका वरिष्ठ उपाध्यक्ष कुमार खनालले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रम महासचिव केदारनाथ बर्तौलाले संचालन गर्नु भएको हो।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.