लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ५–अनुप पौडेल 

आज मुलुकका लुम्बिनी र सुदूरपश्चिमका केही भेगमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुनेछ । राति प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बिहीबार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.