चितवनमा ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

     चितवन-बिहिबार,  अनुप पौडेल 

चितवनको टिकौलीमा ट्याङकरले स्कूटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ जान लागेको ना७ख ३७२३ नम्बरको ट्याङ्करले भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा८३प ५५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर-९, गोन्द्राङ निवासी ६१ वर्षीय प्राण जवरा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते जवराको चितवन मेडिकल कलेज (सिएमसी) भरतपुरमा उपचारका क्रममा १९ः०७ बजे मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

डिएसपी पण्डितका अनुसार दुवै सवारी साधन प्रहरी चौकी गोन्द्राङको नियन्त्रणमा रहेको र ट्याङ्कर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं-११ नवलपुर निवासी ३८ वर्षीय तुलाराम मैनार्ली जिप्रका चितवनको नियन्त्रणमा रहेका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.