सौराहामा वर्ड एजुकेसन सोसाइटीको नव निर्वाचित टिमलाइ सुभकामना

बर्ड एजुकेसन सोसाइटीको नवनिर्वाचित पदाधिकारीलाई आज सौराहामा बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ।

पर्यटन पर्वर्द्दन समिती लगायत सौराहा पेरिफेरीमा रहेर पर्यटकीय गतिविधी गर्दै आएका कुमरोज मध्यवर्ती सामुदायिक वन, बाघमारा मध्यवर्ती सामुदायिक वन र बछौली माध्यमिक विधालयले नवनिर्वाचित सोसाइटीको टिमलाई सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष टिकाराम गिरीले आफुलाई यो सम्मानले हौसला प्राप्त भएको भन्दै बिगत लामो समय देखिको आफ्नो अनुभवलाई संस्थाको हक हित र संरक्षणमा तदारुकताको साथ लगाउने बताउनु भएको छ।
पर्यटन प्रवर्द्धन समितिका कार्यवाहक अध्यक्ष टीका प्रसाद कडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठ, बाघमारा सामुदायिक वनका अध्यक्ष जित बाहादुर तमाङ्ग, बछौली माध्यमिक विधालयका प्राचार्य सिवराम मरहठ्ठा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम पर्यटन प्रवर्द्दन समितिका सचिव राममणी खनालले संचालन गर्नुभएको थियो।

केही दिन अगाडि सम्पन्न वर्ड एजुकेसन सोसाइटीको २३ औं साधारण एवम १२ औं अधिवेशन बाट पुराना बरिस्ठ चरा बिज्ञ टिकाराम गिरीको अध्यक्षतामा ११ सदस्यीय टोलि सर्वसम्मत चयन भएको थियो जसको उपाध्यक्षमा नारायण रिजाल, सचीवमा प्रेम बम्जन, सह-सचीवमा विनोद महत्तो, कोषाध्यक्षमा भोजराज खतिवडा, सदस्यहरुमा गणेश अर्याल, बलिराम चौधरी, आकृती बस्नेत, अस्मिता चौधरी, किसन दोङ्ग, र आसिस रेग्मी रहेका छन।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.