काङ्ग्रेस जिल्ला सभापतिको कारण ने.बि. संघ चितवनमा विवाद

नेपाल विधार्थी संघ चितवनको विवाद उत्कर्षमा पुगेको छ । नेपाल बिधार्थी संघको केन्द्रको परिपत्र अनुसार सहमतिमा जिल्ला अध्यक्षको नाम पठाउन अनुरोध बमोजिम नेपालि कांग्रेस जिल्ला समितिले अध्यक्षको आकांक्षी संग छलफल र परामर्श नै नगरी एकजनाको नाम मात्र केन्द्रमा नाम पठाएपछि ने.वि. संघ चितवनका जिल्ला स्तरका नेताहरु ससंकित भएका हुन् ।

ने. वि. संघ चितवनका जिल्ला नेताहरु अमृत मिश्र, सुमित पराजुली, र अनिष पन्त द्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रको जगमा उभिएको सिंगो पार्टि पंक्ति संग कुनै सल्लाह नै नगरी एकजनाको मात्र नाम पठाएकोले आफुहरु आन्दोलित हुनु परेको उनीहरुले बताएका छन् ।

आफुहरु जिल्ला नेतृत्वको आकांक्षी रहदै गर्दा कुनै पनि सल्लाह नै नगरी जिल्ला सभापतिले एकलौटि तरिका बाट नाम पठाएकाले आफुहरु विरोधमा उत्रन बाध्य भएको ने. वि. संघ चितवनका नेता अमृत मिश्रले जानकारी दिएका छन् ।

पार्टी भित्र जिल्ला सभापति लगायत केहि पधिकारीहरुले दमनकारी नीति अपनाएकाले संगठन कमजोर भएको भन्दै अध्यक्षका आकांक्षी सुमित पराजुलीले यसबाट उत्पन्न अवस्था प्रति नेपाली काग्रेस जिल्ला कार्य समिति नै जिम्मेवार रहने बताउदै तुरुन्त एकल नाम सिफारिसको निर्णयलाई फिर्ता गरि सबैपक्षलाई समेटेर समस्याको हल गर्न नेतृत्वलाईआग्रह गरेका छन् ।

यस्तै अध्यक्षका अर्का आकांक्षी अनिष पन्तले सिंगो नेपाली कांग्रेश जिल्ला कार्य समितिले सवै पक्ष संग सल्लाह गरि ने. वि. संघ चितवनमा देखिएको विवादलाई हल गर्न आफुहरुले अनुरोध गरेको बताएका हुन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.