मन्त्री जोशी द्वारा ह्विलचियर हस्तान्तरण

चितवन,
बागमती प्रदेशकाे स्वास्थ्यमन्त्री उत्तम जाेशीले भरतपुर महानगरपालिका वडा नम्बर १० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे छ। ग्रीन साेसाईटी नेपालकाे सहयाेग मन्त्री जाेशीकाे समन्वयमा ७५ वर्षिय कृष्ण वहादुर श्रेष्ठ र ७१ वर्षिय मेघ वहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गर्नु भएकाे हाे ।

जाेशीले प्रदेश शभा निर्वाचनका क्रममा गरेकाे प्रतिवद्वता अनुसार सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे । हस्तान्तरण पछि बाेल्दै मन्त्री जाेशीले अपांग अशक्तकाे पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागि परेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे” प्रदेश सरकार जनताकाे पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेकाे छ ।” स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्न मन्त्रालय लागि परेकाे उहाँकाे भनाई छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने २५ वटा नायाँ कार्यक्रम सुरु गर्न लागेकाे उहाँले बताउनुभयाे । हुँदा खानेकाे पहुँचमा रहेकाे स्वास्थ्य सेवालाई हुँदा खानेकाे पहुँच सम्म पुर्याउने तर्फ प्रदेश सरकार लागेकाे उहाँले भनाई थियाे ।
कमर्यक्रममा नेपाली काँग्रेस चितवनका नेता डिल्लिराम सापकाेटा, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १० का सभापति गणेश वहादुर गुरुङ, दाेभान कालिका नमुना टाेलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकाेटा लगाएतले बाेल्नुभएकाे थियाे ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.