रत्ननगर, साउन २७ । रत्ननगर- १ भक्तिनी बगैंचामा रहेको दुर्गा मन्दिरमा आज (शनिवार) बाट पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन शुरु भएको छ ।
आजबाट सुरु भएको महात्म्य तीन दिन सम्म चल्ने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष हरीबहादुर रिजालले जानकारी दिए । सबै मिलेर भगवानको पवित्र कार्यलाई सफल बनाउनुपर्ने उनले बताए ।
महात्म्य तथा कथा प्रवचन शुरु हुनुभन्दा पहिले बिहान ९ बजे मन्दिर परिसरबाट कलस शोभा यात्रा निकालिएको थियो । कलस शोभा यात्रा बोकेर रत्ननगर- १ का विभिन्न क्षेत्रहरु परिक्रमा गरि मन्दिर परिसरमै पुगेर टुंगिएको थियो ।
पुरुषोत्तम महात्म्य तथा कथा प्रवचन कार्यक्रममा भक्तजनहरुको उल्लेखिय सहभागिता रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष रिजालले जानकारी दिए ।