लघुवित्त कर्मचारी मञ्चको रक्तदान कार्यक्रम

रत्ननगर । विभिन्न लघुवित्त वित्तिय सस्थामा कार्यरत कर्मचारीहरुको संगठन लघुवित्त कर्मचारी मञ्च चितवनको आयोजना र नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको सहकार्यमा शनिबार रक्तदान गरिएको छ ।

बकुलहर चोकमा गरिएको कार्यक्रममा ४८ जनाले रक्तदान गरेको लघुवित्त कर्मचारी मञ्च चितवनका सल्लाहाकार परम्परा कट्टेलले जानकारी दिए । विजय लघुवित्त वित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्साल प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाका मन्त्री राममणी खनाल र डिप्रोक्स लघुवित्त वित्तिय सस्थाका बाग्मती प्रदेश प्रमुख मधुसुधन हुमागाई सहितको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि लम्सालले आगामी दिनहरुमा पनि लघुवित्त वित्तिय संस्थाहरुले यस किसिमका सामाजिक कार्यहरु गर्ने बताए । लघुवित्त कर्मचारी मञ्च चितवनका अध्यक्ष कमल लोहनीले लघुवित्तीय संस्थाले आर्थिक कारोबार मात्र गर्दैनन् सामाजिक काम पनि गर्छन भन्ने यो गतिलो उदाहरण रहेको बताए ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.