रत्ननगर १५ मा गर्भवती र सुत्केरी महिलालाई पोषण सामाग्री वितरण

रत्ननगर वडा नम्बर १५ का गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ । आइतबार वडा कार्यालयले वडा भित्रका १२ जना गर्भवती र ८ जना सुत्केरी महिलालाई सामग्री वितरण गरेको हो ।

सुरक्षित मातृत्व अन्तर्गत गर्भवती र सुत्केरी आमालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको वडाध्यक्ष आसिक तामाङले जानकारी दिए । पोषण सामग्री अन्तर्गत कुखुरा,अण्डा, चना, दाल लगायतको सामग्री वितरण गरिएको तामाङले बताए । पोषण सामग्री वितरण गर्दै वडाध्यक्ष तामाङ्गले गएको बर्षदेखी वडाले पोषण सामग्री वितरण गर्दै आइरहेको भन्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यप्रति वडाले ध्यान दिंदै सामग्री वितरण संगै नियमित स्वास्थ्य जाँच गरिरहेको पनि बताए ।

पोषण सामग्री संगै सरसफाई सामग्री समेत वितरण गरिएको कार्यक्रममा वडा सदस्य लिलादेवी पोखरेल, रुकमाया परियार, वडा सचिव सुर्यप्रसाद ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम आधारभुत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज रोजीना गिरीले संचालन गरेकी थिइन् ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.