रेवान सौराहाको अध्यक्षमा गिरी र माहासचिवमा नेपाल

रत्ननगर । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन नेपाल(रेवान) साैराहाकाे अध्यक्षमा ध्रुव गिरी चयन भएका छन् । बुधबार सम्पन्न १७औं बार्षिक साधारण सभा नवाैं अधिवेशनले गिरीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे हाे । समितिकाे प्रथम उपाध्यक्षमा सम्भु माली, द्धितीय उपाध्यक्षमा कृष्ण भट्ट, तृतिय उपाध्यक्ष राजेशकुमार तामाङ, महासचिव नवीन नेपाल, सचिव कुमार जाेशी, काेषाध्यमा कृष्ण प्रसाद खतिवडा, सह काेषाध्क्ष अम्विका भट्ट चयन भएका छन् । सदस्यहरुमा देवकला भट्टराई, पुरुषाेत्तम लामिछाने, धर्मराज न्याैपाने, रामकुमार गुराै, रामकाजी अधिकारी, सानुमाया थापामगर, चित्र बहादुर कुमाल, घनश्याम चाैधरी,राजकुमार श्रेष्ठ र इश्वर रिजाल चयन भएका छन् । लेखा समिति संयाेजकमा राेजनाथ पाठक र सदस्यहरुमा शालिकराम रिजाल, देविलाल श्रेष्ठ चयन भएका छन् । वागमती प्रदेशका सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेकाे साे कार्यक्रमा महासचिव सुर्यबहादुर रिमालले प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष राजेश तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकारहरु राजेन्द्र आचार्य, विपिन शर्मा आचार्य सहित व्यवसायीहरु सुर्यबहादुर रिमाल, धर्मराज न्याैपाने, राजेश कुमार तामाङ तथा कर्मचारी गाैतम गिरीलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण चाैधरी, वडा नं ७ का वडा सदस्य सुर्य बहादुर तामाङ, रेवानका केन्द्रीय उपाध्यक्ष दिपेन्द्र खतिवडा, रेवान पाेखराका महासचिव विकास भट्टराई, रेवान बन्दिपुरका अध्यक्ष जितेन्द्रलाल भूमी, क्षेत्रीय हाेटल संघ चितवनका अध्यक्ष गंगा गिरी, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।रेवानका अध्यक्ष नरेश गिरीकाे अध्यक्षतामा भएकाे साधारण सभाकाे बन्दसत्रले प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेकाे छ । नव निर्वाचित समितिले बुधवार नै पद तथा गाेपनीयताकाे सपथग्रहण गरेकाे छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.