जिल्ला खेलकुद बिकास समिति द्वारा चितवन जिल्ला तेक्वान्दो संघका सचिव शैलेस श्रेष्ठ सम्मानित भएका छन । समितिले आज (शुक्रबार) बाट सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन समारोहमा श्रेष्ठ सङ्गै खेल पत्रकार र खेलाडीहरुलाई सम्मान गरेको हो ।
समितिले तेक्वान्दो खेलको माध्यमबाट चितवनको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको हो । विगत दुई दशक देखि खेलाडी, प्रशिक्षक हुँदै तेक्वान्दो संघको सचीवको रुपमा श्रेष्ठ कृयासिल रहेका छन।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ईश्वर सापकोटा ‘सुमन’, खेलकुद बिकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङलगायतले सम्मान गरेका हुन् ।