काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्धारा निर्मित पुस्तकालय उद्घाटन

चितवनको खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालय उ्दघाटन गरिएको छ ।

काशी नर्मदा स्मृति प्रतिष्ठान धादिङद्धारा निर्माण गरिएको पुस्तकालयको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो ।
विगत लामो समय अघिदेखि बालबालिकाको शिक्षामा सहयोग गर्दै आइरहेको संस्था काशी नर्मदा स्मृति प्रतिष्ठान स्थापनाको २१ औं वर्ष प्रवेशको अवसर पारी पुस्तकालय भवन उद्घाटन गरिएको हो ।

पुस्तकालय उद्घाटन गर्दै मन्त्री मोक्तानले संस्थाको पहलमा सामुदायिक पुस्तकालय स्थापना गर्ने काम निकै सह्रानीय भएको बताउदै यसले सामुदायिक सिकाइ सहजीकरण र पुस्तान्तरण कार्यक्रममा ठुलो सहयोग पुर्याउने बताउनुभयो ।

‘पुस्तकालय भनेको हाम्रा पुराना रितीरिवाज, धर्मकर्म, सिकाइ र इतिहासलाइ अभिलेखिकरण गरेर राख्ने ठाउँ पनि हो ।’ मन्त्री मोक्तानले भन्नुभयो, ‘यस क्षेत्रका ऐतिहाँसिक कुराहरु, सस्कृति को संरक्षणमा मात्र नभइ पछिल्लो समयमा घट्दै गएको पठन सस्कृतिको विकासलाइ पनि सहयोग पुर्याउनेमा म विश्वस्त छु ।’

पुस्तकालयमा बालबालिका देखि जेष्ठ नागरिकसम्मलाइ अध्ययन गर्न मिल्ने ऐतिहाँसिक, धार्मिक, सामाजिक, राजनितिक विधाका करिव २ हजार थान पुस्तकहरु रहेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नं ९ का स्थायी बासिन्दा धर्मराज दुवाडीले आफ्ना आमाबुवा र सानीआमाको सम्झनामा २०६० सालमा प्रतिष्ठानको स्थापना गर्नुभएको थियो । उक्त प्रतिष्ठानकै अगुवाइमा चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं १ मा सामुदायिक पुस्तकालयको निर्माण गरिएको हो ।

उक्त भवनमा पुस्तकालयको अलावा जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत संचालन गरिने प्रतिष्ठानका सस्थापक सभापति धर्मराज दुवाडीले जानकारी दिनुभयो । दिउसोको समयमा जेष्ठ नागरिकहरु भेला भइ एक आपसमा अनुभव आदान प्रदान गर्ने तथा भजनकिर्तन सत्सङ संचालन गर्ने तथा विहान र बेलुकाको समयमा अध्ययन गर्न चाहाने बालबाबालिका र अन्य ब्यक्तिहरुको लागि पुस्तकालयको सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

पुस्तकालय संचालनको लागि भवन निर्माण गर्नको लागि बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सार्वजनिक निर्माण कार्यन्वयन इकाइ गजुरी, धादिङको नीलकण्ठ नगरपालिका तथा चितवनको खैरहनी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।

पुस्तकालय उद्घाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दै खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया र वडा अध्यक्ष नवराज भुसालले पुस्तकालय संचालनका क्रममा थुप्र्रै चुनौतीहरु आउने बताउदै स्थानीय सरकारले आवश्यक समन्वय गरेर पुस्तकालय संचालनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त उद्घाटन समारोहमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गर्ने विभिन्न ब्यक्ति तथा सस्थाहरुलाइ सम्मान गरिएको थियो ।

पुस्तकाल उद्घाटन कार्यक्रममा नेपाल सरकार भुमिब्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रलयका सचिव गोकर्णमणी दुवाडी, रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डां भीष्मकुमार भुषास, पुर्व सहसचिव राममणी दुवाडी, समाजसेवी भेषराज दुवाडी लगायतको उपस्थिति रहेको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.