उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा नगरभित्रका १३वटै वडामा नयाँ व्यवसाय दर्ता गर्दा आवश्यक कागजपत्र, प्रक्रिया र व्यवसायीलाई परेको समस्याको विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले वडावासीलाई व्यवसाय दर्ताका लागि चाहिने आवश्यक कागजपत्र र प्रक्रियाका विषयमा समन्वय गरिने बताए ।

वडावडामा उद्यमशील व्यवसायी तयार पार्ने उद्देश्यले १३ वटै वडामा पुगेर छलफल तथा अन्तर्क्रिया गरिएको महासचिव विनोद अर्यालले बताए । उनले आगामी दिनमा उद्यमशील प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्न उद्योग वाणिज्य संघ खैरहनीले समन्वय गर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ खैरहनीका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले व्यवसायीलाई परेको हरेक समस्यामा उद्योग वाणिज्य संघ खैरहनी सँगसँगै रहेको बताउँदै व्यवसायीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कार्यसमितिका पदाधिकारी एवं वडावासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर