लायन्स क्लब अफ चितवन सौराहाको स्थानिय संघ संस्थाहरु सङ्ग अन्तरक्रिया

लायन्स क्लब अफ चितवन सौराहाले स्थानीय संघ सस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तपाई र तपाईको संस्था हामि र हाम्रो लायन्स क्लब अफ चितवन सौराहा भन्ने अवधाराणामा रहेर अन्तरक्रिया गरिएको हो । वर्ष २०२४/२०२५ मा लायन्स क्लब अफ चितवन सौराहाले पर्यटन व्यवसायको प्रवर्दन संगै वातावरण सरक्षणमा के कस्तो भूमिका निर्वाह गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहदै अहिले सम्म गरेको कार्यका बारेमा जानकारी गराईएको थियो।
उपस्थित स्थानिय संघ सस्थाका प्रतिनिधिहरुले लायन्स क्लब अफ सौराहाले गरेको कार्यको प्रसंसा गर्दै यी र यस्ता कार्यक्रम र सहकार्यले सौराहाको पर्यटनलाई चलायमान गराउन महत्वपुर्ण भूमिका खेल्ने बताउदै आफुहरुको सदैव साथ् र सहयोग रहने प्रतिबद्दता व्यक्त गर्नुभएको छ ।

चितवन राष्ट्रीय निकुन्जका साहायक संरक्षण अधिकृत शान्त राना मगर ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक क्याबिनेट सेक्रेटरी एम्जिएफ़ लायन निरज श्रेष्ठ, रत्ननगर ६ का वडा अध्यक्ष किरण महतो, रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईं, डिस्ट्रिक चिफ लायन मधुर नेपाल, क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष गङ्गा गिरि, बाघमारा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष जितु तामांग, सेनानी सन्तोष ढुंगेल लगायत अन्य संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष ऋषिराम तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई लायन्स क्लब अफ सौराहाका सेकेन्ड भिपी लायन्स रंजन भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रम लायन स्वप्ना पौडेल भण्डारीले संचालन गर्नुभएको थियो ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.