Admin

126 Posts
ओमिक्रोन त्रासले विश्वभर ४ हजारभन्दा बढी उडान स्थगित

ओमिक्रोन त्रासले विश्वभर ४ हजारभन्दा बढी उडान स्थगित

काठमाडौं, पुस १९ । कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोन संक्रमण त्रास र खराब मौसमको कारण आइतबार विश्वभर ४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् । जसको आधामात्र अमेरिकाबाट हुने उडानहरु रद्द भएका छन् । रोयटर्सका अनुसार उडानहरु बन्द हुँदा बिदाका कार्यक्रम प्रभावित भएका छन् । आइतबार ग्रीनविच समयअनुसार बेलुका ८ बजेदेखि अमेरिका भित्रिने र बाहिरिने गरी २४ सयभन्दा बढी उडान रोकिएका थिए । सोही दिन विश्वभर ११ हजार २०० उडानमा ढिलाइ भएको छ । फ्लाइअवेयर वेबसाइटका अनुसार स्काइवेस्ट र साउथवेस्ट बिमान कम्पनीहरुका उडानहरु सर्वाधिक स्थगित भएका छन् । क्रिसमस र नयाँवर्षको छेकोलाई सर्वाधिक उडान हुने समय मानिन्छ । तर, ओमिक्रोनको…
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं, पुस १९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।…
Read More
नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह

नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह

टेकराज पोखरेल, नवलपुर, पुस १९ । “बाबु मेरो यो फाराम भरिदेऊ न !” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उनी पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पगेका थिए । मुलुकमा गणतन्त्र आएपछि उनले मतदान गरेका छैनन् । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उनले भने, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।”…
Read More
क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

काठमाडौं, पुस १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज सोमबारबाट सुरु हुँदैछ। आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण टियु क्रिकेट मैदानमा हुनेछ ।  नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति बनेपछि प्रशिक्षण सुरु हुन लागेको हो । यस अघि क्यानले आइतबारबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको  थियो । खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न अनुरोध गरेको थियो । तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ नगरेपछि प्रशिक्ष्ण प्रभावित भएको थियो । कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका…
Read More
एट्लेटिकोको सहज जित

एट्लेटिकोको सहज जित

पुस १९ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे । खेलको २८ औं मिनेटमा कोरियाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए । यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२ अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । भालेकानो ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
Read More
पूर्वमन्त्री एवं एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य झा एमाले प्रवेश

पूर्वमन्त्री एवं एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य झा एमाले प्रवेश

काठमाडौँ, पुस १९ । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् । प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए । झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए । उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए । त्यतिखेर तत्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए ।
Read More
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ, पुस १९ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। केही समय यता सत्ता गठबन्धनको बैठक बस्न सकेको थिएन। यसअघि मंसिर ४ गते सत्ता गठबन्धनका दलसहित संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदीय बैठक बसेको थियो । तर उक्त छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय जनमोर्चा रहेका छन् ।
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

काठमाडौँ, पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् । उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने…
Read More
आजको विदेशीको मुद्राको विनिमय दर

आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ, पुस १९ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Read More
आज २०७८ साल पुष १९ गते सोमबारको राशिफल

आज २०७८ साल पुष १९ गते सोमबारको राशिफल

आज २०७८ पुष १९ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ । मिथुन नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.