सञ्जय दवाडी

165 Posts
सौराहा जेसिसको सयोजकत्वमा बृक्षारोपण कार्य सम्पन्न

सौराहा जेसिसको सयोजकत्वमा बृक्षारोपण कार्य सम्पन्न

विश्व वातावरण दिवसको अवसर पारेर खैरहनी १३ मा वृक्षारोपण कार्य गरिएको छ। सौराहा जेसिसको आयोजनामा खैरहनी १३ सिम्रेनीमा रहेको सान्तीवाटिकामा वृक्षारोपण गरिएको हो। खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य मनमाया तामाङ स्थानीय समाजसेवीहरु ध्रुव कुमार बस्नेत, सानोकाजी कुवर, राजु पन्त, सौराहा जेसिजका कानुनी सल्लाहकार रन्जन भण्डारी लगाएत करिव ५० जना भन्दा बढी युवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सौराहा जेसिसका अध्यक्ष एवम उक्त कार्यक्रमका सभापति सुरेस भुसालले सौराहा जेसिसले समाजका हरेक तप्का र युवाहरु सङ्ग हातेमालो गर्दै वन र वातावरणको सरक्षणमा आफुहरु लागिपर्ने बताए।
Read More
रत्ननगरका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगरका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर, बैशाख २९ । पूर्वी चितवनको खैरहनी नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दती सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदी रहेका थिए । प्रमुख अतिथि सुवेदीले खानपान र मानिसको जीवनशैलिका कारण स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा पर्ने गरेको बताए । आयुर्वेद औषधि प्रति जनमानसमा अझै बुझाउन आवश्यक रहेको उनले बताए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका निर्देशक डा. सुरेश महर्जनले आयुर्वेद उपचार पद्धति मात्रै नभई जीउने कला समेत रहेको बताए । नसर्ने रोगको फैलावटलाई नियन्त्रण गर्न आयुर्वेदले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ…
Read More
बिचौलिया सङ्ग काङ्ग्रेस नेता खाणको लेनदेन रहेको टेकनारायण पाण्डेद्वारा स्विकार

बिचौलिया सङ्ग काङ्ग्रेस नेता खाणको लेनदेन रहेको टेकनारायण पाण्डेद्वारा स्विकार

भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरी हिरासतमै रहेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले बिचौलियाहरूसँग पूर्वगृहमन्त्री बालकृष्ण खाणको आर्थिक लेनदेन भएको स्वीकार गरेका छन् । सुरुमा इन्कारी बयान दिएका उनले ततिम्बा बयानमा भने आर्थिक लेनदेन भएको, तर त्यो आफ्ना लागि नभई तत्कालीन मन्त्री खाणलगायतका लागि भएको दाबी गरेका छन् । अहिलेसम्मको अनुसन्धानमा मन्त्री खाणले एक करोड २४ लाख ५० हजार लिएको खुलेको छ । पक्राउ परेका बिचौलिया सानु भण्डारीले बयानमा सो कुरा बताएकोमा सचिव पाण्डेले पनि त्यसलाई पुष्टि हुने गरी बयान दिएका छन् । पक्राउ पर्ने भएपछि सचिव पाण्डेले आफ्नो मोबाइल फर्म्याट गराएका थिए । जुन मोबाइलका डेटा रिकभर…
Read More
धादिङमा छुरा प्रहार गरि एकको हत्या

धादिङमा छुरा प्रहार गरि एकको हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिनुभयो । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घटनापछि पण्डित फारर भएका थिए । घाइते…
Read More
काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री   खाँण पक्राउ

काङ्ग्रेस नेता तथा पुर्व गृहमन्त्री खाँण पक्राउ

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
Read More
कालिकाका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

कालिकाका महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी प्रशिक्षण

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद चिकित्सा पद्दतीको बारेमा मंगलवार प्रशिक्षण दिइएकोे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रम मेयर विनोद रेग्मीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पछिल्लो समय आयुर्वेद चिकित्सा पद्दती विश्वासनीय बन्दै गइरहेको भन्दै उपचारमा उपकरणको प्रयोग आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारी, आयुर्वेद चिकित्सकहरु डा.देवेन्द्र यादब, डा.खेमराज तिमिल्सिनाले आयुर्वेद उपचार पद्दती र महत्वको बारेमा प्रशिक्षण दिएका थिए । सो अबसरमा केन्द्र प्रमुख अधिकारीले महिला स्वास्थ्य स्वमंसेविका मार्फत आयुर्वेद चिकित्सा पद्दतीलाई विस्तार गर्ने उद्देश्य रहेको बताइन् । कार्यक्रममा नगर भित्रका ३७ जना…
Read More
रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगरमा जिल्ला स्तरीय फुटबल हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले संगठनको ३४औं स्थापना दिबसको अबसरमा प्रथम रत्ननगर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो । टिकौली चौरमा हुने सो प्रतियोगिताको पुरस्कार रासी २ लाख २२ हजार २२२ रहेको राष्ट्रिय युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमलाई १ लाख ११ हजार १११ पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय युवा संघको स्थापना दिबसको अबसर पारेर पूर्वी चितवनमै पहिलो पटक सबैभन्दा ठुलो पुरस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पन्तले…
Read More
कोरियामा अध्ययन गर्न चाहने विधार्थीका लागी गोल्डेन इमिनेन्टले सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने

कोरियामा अध्ययन गर्न चाहने विधार्थीका लागी गोल्डेन इमिनेन्टले सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने

चितवन – गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीका लागि गोल्डेन अफर ल्याएको छ । चितवनको भरतपुरमा रहेको गोल्डेन इमिनेन्टले विद्यार्थीका लागि शतप्रतिशत छात्रवृत्तिसहित गोल्डेन अफर ल्याएको हो । नेपालबाट दक्षिण कोरियाको किङसुङ विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई गोल्डेन इमिनेन्टले शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चितवनको गोल्डेन इमिनेन्ट एजुकेशन कन्सल्टेन्सी र विश्वविद्यालयसँग भएको सम्झौता अनुसार दुई वटा कोर्षमा दुई जना विद्यार्थीले शतप्रतिशत छात्रवृत्ति पाउने भएका हुन् । साथै, यो विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई न्युनतम ३० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था मिलाएको गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले बताए । ‘हामीले दक्षिण कोरियाको उत्कृष्ट विश्वविद्यालयसँग नेपालबाट विद्यार्थी पठाउनका लागि सम्झौता…
Read More
रत्ननगरमा सीप विकाससम्बन्धी तालिम सुरू

रत्ननगरमा सीप विकाससम्बन्धी तालिम सुरू

रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत सिलाइकटाइ, व्युटीपार्लर र पशुपालनसम्बन्धी सीप विकास तालिम आइतबारदेखि सुरू भएको छ । रत्ननगरका वडा नं–३, ८, ९ र १५ लाई लक्षित गरी सो तालिमको सुरूवात गरिएको हो । तालिमको उद्घाटन गर्दै नगरप्रमुख एवं मेडपाका संयोजक प्रल्हाद सापकोटाले सीप सिकेर त्यसको सदुपयोग गर्दै उद्यमी बन्न सहभागीहरुलाई आग्रह गर्दै उद्यमी बन्न चाहनेका लागि नगरपालिकाले बिनाधितो बिनाव्याज पाँच लाख रुपैयाँसम्म उपलब्ध गराउने जानकारी दिए । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले निःशुल्करूपमा लिएको तालिम भनेर बेवास्ता नगर्न सहभागीहरुलाई आग्रह गर्दै समयमै सीप सिकेर सफल उद्यमी बनेर दीर्घकालीन उपलब्धि हासिल…
Read More
बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समितिमा कर्मचारी युनियन गठन

बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समितिमा कर्मचारी युनियन गठन

सन्देश घिमिरेको अध्यक्षतामा बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समिति कर्मचारी युनियन गठन गरिएको छ । अन्य सदस्यहरु सर्वसहमत भएपनि अध्यक्ष र सचिव पदमा निर्बाचन भएको थियो । अध्यक्ष पदमा घिमिरेसँग दीपक बास्तोलाले प्रतिस्पर्धा गरेका थिए । घिमिरेले ५४ मत प्राप्त गर्दा बास्तोलाले ३०मत ल्याएका थिए । उता सचिब पदमा बिनिता श्रेष्ठको ५६ मत आउदा उत्तम घिमिरेको २७ मत प्राप्त भएको थियो । समिति कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्षमा साबित्री दवाडी रेग्मी, सह सचिबमा जुनेश चौधरी, अनुराधा गौतम, कोषध्क्षमा प्रिया श्रेष्ठ र सदस्यहरुमा सुजना पाण्डे, खेमराज श्रेष्ठ, जुरेली कुमाल, बिरेन्द्र चौधरी, युकेस अधिकारी, रामेश्वर घिमिरे र निरु सापकोटा चयन भएका छन् । कर्मचारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.