सन्देश घिमिरेको अध्यक्षतामा बकुहलर रत्ननगर अस्पताल व्यवस्थापन समिति कर्मचारी युनियन गठन गरिएको छ । अन्य सदस्यहरु सर्वसहमत भएपनि अध्यक्ष र सचिव पदमा निर्बाचन भएको थियो । अध्यक्ष पदमा घिमिरेसँग दीपक बास्तोलाले प्रतिस्पर्धा गरेका थिए । घिमिरेले ५४ मत प्राप्त गर्दा बास्तोलाले ३०मत ल्याएका थिए । उता सचिब पदमा बिनिता श्रेष्ठको ५६ मत आउदा उत्तम घिमिरेको २७ मत प्राप्त भएको थियो ।

समिति कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्षमा साबित्री दवाडी रेग्मी, सह सचिबमा जुनेश चौधरी, अनुराधा गौतम, कोषध्क्षमा प्रिया श्रेष्ठ र सदस्यहरुमा सुजना पाण्डे, खेमराज श्रेष्ठ, जुरेली कुमाल, बिरेन्द्र चौधरी, युकेस अधिकारी, रामेश्वर घिमिरे र निरु सापकोटा चयन भएका छन् ।

कर्मचारी युनियनले एक जना उपाध्यक्ष र बरिष्ठ सदस्य मनोनित मार्फत ल्याउने अध्यक्ष घिमिरेले बताए । त्यस्तै समितिको सल्लाहाकारमा डा. स्मिता न्यौपाने, डा. निशान्त सापकोटा, डा. रुपेश कुमार झा, मनिश धिमिरे रहेका छन् । उक्त समिती अस्पतालको पहिलो करार कर्मचारी संगिता जैश्वालको संयोजकत्वमा गठन गरिएको थियो । उत्त समिति चयनमा मतदान अधिकृत महेश्वर धिमाल र बिशाल सिल्वालले निर्वाचन प्रक्रिया अगाडी बडाउनु भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर