नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त हुनुभएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको हो ।
पर्वतबाट लगातार दोस्रो पटक चुनाव जित्नुभएका गिरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको थियो । प्रचण्डले राष्ट्रपति चुनावमा गठबन्धन बदलेपछि एमाले सरकारबाट बाहिरिँदा गिरीले पनि राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर