सञ्जय दवाडी

165 Posts
भरतपुरमा श्रीमानद्वारा श्रीमतीको घाटी रेटि हत्या गरि आफुले पनि गरे आत्महत्या

भरतपुरमा श्रीमानद्वारा श्रीमतीको घाटी रेटि हत्या गरि आफुले पनि गरे आत्महत्या

चितवन । चितवनमा श्रीमानले श्रीमतीको हत्या गरि आफैले आत्महत्या गरेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाईलो चोकमा ३५ बर्षीया रुस्मा घिमिरे (आचार्य)को उनका श्रीमान ४३ बर्षका कृष्णप्रसाद आचार्यले घाँटीरेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट श्रीमानले धारिलो हतियार प्रहार गरि उनको हत्या गरेका हुन् । उनको घटनास्थलमै ज्यान गएको हो ।श्रीमतीको हत्या लगत्तै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पातलमा राखिएको छ ।
Read More
रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

चितवन,रेडियो अर्पण तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा २ जना महिला सहित ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए । सो अवसरमा कार्यक्रमका प्रमुख आतिथी रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चितवनमा रगतको अभाब भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय टॉडीका प्रमुख डिएसपी रविन बाबु रेग्मीले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै नियमित रक्तदान कार्यक्रम भएमा रगतको अभाब नहुने विश्वास व्यक्त गरे । रेडियो तथा सहकारीका…
Read More
रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम हुने

रेडियो अर्पणको आयोजनामा रक्तदान कार्यक्रम हुने

रत्ननगर ०६ साउन । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको रेडियो अर्पण १०४ दशमलब ५ मेगाहर्ज र अर्पण बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा भोली शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको छ । चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ध्रुवराज लामिछानले जानकारी दिए । रेडियो अर्पण र अर्पण साकोसको बकुलहर स्थित मुख्य कार्यालय परिसरमा विहान ८ बजेबाट रक्तदान कार्यक्रम सुरु हुने रेडियोका सचिव सुरज पौडेलल जानकारी दिए ।
Read More
अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन।
Read More
खैरहनीका २८३ भुमीहिनलाई निस्सा हस्तान्तरण

खैरहनीका २८३ भुमीहिनलाई निस्सा हस्तान्तरण

खैरहनी नगरपालिकामा निस्सा वितरण कार्यक्रमको सुभारम्भ भएको छ। आज एक कार्यक्रमको बिच खैरहनी नगरपालिका वार्ड नम्बर १३ सिम्रेनीमा खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले भुमिहिन सुकुम्बासीलाई निस्सा हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै निस्सा वितरण कार्यक्रमका प्रमुख अतिथी एवम खैरहनी नगरपालिकाका नगरप्रमुख खनियाले राजनैतिक आस्था भन्दा पनि वास्तविक भुमिहिनले निस्सा पाउनुपर्ने भन्दै आफू यसका लागि अहोरात्र लागि पर्ने बताउनु भएको छ। कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाले भुलवस कसैको विवरण विग्रीएको भए सम्बन्धित वडा कार्यलय वा नगरमा गएर सच्याउन आग्रह समेत गर्दै आफू जनताको सेवा गर्न आएकोले आफू हरदम खैरहनीबासीको साथमा रहेको बताउनु भएको छ। यस्तै कार्यक्रमका विशिष्ट अतिथी…
Read More
नगर प्रमुख भएसङ्गै लामाद्वारा बिपन्न परिवारको लागि पाँच घर निर्माण

नगर प्रमुख भएसङ्गै लामाद्वारा बिपन्न परिवारको लागि पाँच घर निर्माण

राप्ती नगरपालिका वडा नं ६ की सुकमाया परियारको घर नगर प्रमुख शमशेर लामाको पहलमा निर्माण भएको छ । लामाले परियारको घरको अवस्था थाहा पाए पछि नगरमा रहेको गरिवि निवारणको बजेट मार्फत परियारको घर निर्माण गर्नुभएको हो । लामाले यो आर्थिक बर्षमा मात्र ५ वटा घर बनाउने बताउनु भयो । आउदो आर्थिक बर्षमा आफुले थाहा पाए सम्म जानकारी पाए सम्म विपन्न परिवारको घर निर्माणलाइ पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । लामाले अहिले निर्माण भएका घर निर्माणमा कोहि कसैको सिफारिस भन्दा पनि नगरले थाहा पाए पछि परियारको घर बनाउने बताउनु भयो । लामाले एक महिला अगाडी परियारको घरको अवस्था जानकारी पाउनु भएको…
Read More
नगर प्रमुखको निर्देशनमा भण्डारा बजारको खाल्टा खुल्टी पुरियो

नगर प्रमुखको निर्देशनमा भण्डारा बजारको खाल्टा खुल्टी पुरियो

अव्यवस्थित रहेको भण्डारा बजारमा राप्ती नगर प्रमुख शमशेर लामाले तत्कालै समाधानका विकल्प निकाल्नु भएको छ । बजारको खाल्टा खुल्टि पुर्ने काम र बजारलाइ व्यवस्थापन गर्ने बिषयमा लामाले अनुगमन गदै तत्काल काम कारवाहि अगाडी बढाउनु भएको हो । लामाले बजारको सवै खाल्टा खुल्टि पुर्नको लागी आवश्यक व्यवस्था गदै यस बिषयमा आफ्नो ध्यानर्कषण भएको बताउनु भयो । लामाले आइतवार विहान भण्डारा बजारलाइ सुन्दर बनाउनको लागी आवश्यक डस्टले खाल्टा खुल्टि पुरिएको हो । केहि दिन अघि भण्डारामा खाल्टा खुल्टिको कारण विभिन्न समस्या आएको भन्दै स्थानियले गुनासो गरेका थिए । नगर प्रमुख लामाले बजारको समस्याको लागी तत्कालै डस्ट प्रयोग गरी खाल्टा खुल्टि पुरिएको बताउनु…
Read More
हाती बनभोजमा आर्थिक हिनामिना गरेको प्रमाणित गर्न चुनौती

हाती बनभोजमा आर्थिक हिनामिना गरेको प्रमाणित गर्न चुनौती

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा असार १६ गते आयोजना गरिएको हात्ती महोत्सवको विषय पेचिलो बनेको छ । पर्यटन प्रर्बद्धन तथा वन्यजन्तु बासस्थान समिति सौराहाले गरेको हात्ती वनभोजको क्षेत्रीय होटल संघ सौराहा सहित चार वटा संस्थाले विरोध गरेका थिए । हात्ती बनभोजको नाममा आर्थिक हिनामिना गरेको आरोप लागेपछि आयोजक संस्थाले शनिवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आरोपको खण्डन गरेको छ । समितिले भष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिइएको छ । वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको भन्दै समितिका कार्यबहाक अध्यक्ष टीका प्रसाद कँडेलले वनभोजमा भएको खर्चको बिल र भर्पाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुने…
Read More
पुर्वी चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते

पुर्वी चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते

चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ सिम्रेनी निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान ८ बजेको समयमा बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।
Read More
सौराहामा हात्तिको बनभोज ७० भन्दा बढी हात्ती सहभागी

सौराहामा हात्तिको बनभोज ७० भन्दा बढी हात्ती सहभागी

चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबार हात्तीलाई वनभोज खुवाइएको छ । पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले दुई वटा सरकारी हात्तीसार र व्यवसायी ओम रिजालले पालेका करिब ७० वटा हात्तीलाई वनभोजका रुपमा केरा, चना, भूइकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाएको हो । प्रदेश सरकारले आर्थिक सहयोग गरेको तथा चितवन निकुञ्जको सहकार्यमा कार्यक्रम गरिएको हो । संरक्षणकर्मी तथा व्यवसायी राममणि खनालले हात्तीहरुलाई चामल, सखर,बिरे नुन र ज्वानो हालेर तयार गरिएको खिर समेत खुवाइएको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले उनले सफारी पर्यटनको विकासको लागि हात्ती अभिन्न अंगको रुपमा स्थापित भइसकेको भन्दै पर्यटन प्रर्बद्धन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.